चन्द्रौटा : थारू समुदायको बाहुल्यता रहेको कपिलवस्तुमा माघीको रौनक सुरु भएको छ। थारू समुदायले माघीलाई विशेष पर्वको रुपमा मान्ने गर्दछन्।माघीको अवसरमा जिल्लाका तीन ठाउँमा माघी खिचडी महोत्सव हुने भएको छ। थारू समुदायमा मुख्य पर्वको रूपमा मनाइने माघी पर्वमा महोत्सव आयोजनाको तयारी अन्तीम चरणमा पुगेको छ। थारू कल्याणकारीणी सभा शिवराज नगर समितिको आयोजनामा हुने महोत्सव यही माघ २ र ३ गते शिवराज वडा नम्बर–१, करहियामा महोत्सव हुने भएको छ।यस्तै बुद्धभूमि नगरपालिका–९, चौवन्नमा पुस ३० र माघ १