थारु समुदायमा माघीको रौनक सुरु

काठमाडौं : माघी नजिकिएसँगै बाँकेलगायत आसपास जिल्लाका आदिवासी थारु बस्तीमा माघीको रौनक बढन थालेको छ। माघी पर्वलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन। यो पर्वका अवसरमा उक्त गाउँका अगुवाको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा छ। गाउँगाउँमा रातभर आगो बाल्न दाउरा सङ्कलन, धान, चामल कूटानीपिसानी, जाँड बनाउने र अन्य…