काठमाण्डाै – सरकारले अवकाश प्राप्त चिकित्सकलाई एक वर्षका लागि करारमा लिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्दै सरकारले अवकाश प्राप्त चिकित्सकलाई एक वर्षका लागि करारमा नियुक्त गर्ने पनि निर्णय गरेको जानकारी दिनुभयो ।यस्तै स्वास्थ्यकर्मी, चालक, सहचालक, सफाइकर्मीलगायत कोरोना नियन्त्रणमा खटिनेहरूलाई सुरुको तलब स्केलको ५० प्रतिशतले हुन आउने रकम बराबर प्रोत्साहन भत्ता दिने पनि प्रधानमन्त्रीले घोषणा गर्नुभएको छ । यस्तै उनीहरूका परिवारको उपचार र बीमाको व्यवस्था गरिने भएको छ । यस्...