सरकारले आवश्यक कानुन बनाइदिएमा नेपालमा मोबाइल फोन रिफर्बिस (बिग्रिएको फोन मर्मतपछि पुनः प्रयोग/बिक्री)को सम्भावना देखिएको छ । नेपालमा हरेक वर्ष १३ लाख सेट मोबाइल स्मार्टफोन फालिने मोबाइल आयातकर्ता सङ्घको भनाइ छ । त्यसमा ३ लाख फोन प्रयोग गर्नै नमिल्ने गरी बिग्रिएका हुन्छन् । बाँकी १० लाख सेट स्मार्टफोनलाई मर्मत गरेर पुनः प्रयोगमा ल्याउन सकिन्छ ।यसका लागि नेपाल सरकारले कर, मोबाइलको पार्टपुर्जाको आयात, उद्योग (प्लान्ट) स्थापना लगायतमा सहयोग गर्नुपर्ने व्यवसायीले बताएका छन् । नेपाल मोबाइल आयात