राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद ढाकाकुमार श्रेष्ठलाई मुद्दा, मामिलामा नजान आग्रह गरेका छन् । श्रेष्ठलाई रास्वपाले घुस मागेको अडियो प्रकरणमा पार्टीबाट कारबाही गरेको थियो । पार्टीले उनलाई सांसदबाट बर्खास्त गर्न पनि संसद् सचिवालयलाई पत्र लेखेको छ ।