काठमाडौं : नेपाल मिडिया काउन्सिल विधेयक बुधबार प्रतिनिधिसभाबाट पारित गरिँदैछ।दिउँसो १ बजे बस्ने बैठकमा विधेयकमाथि छलफलपछि सञ्चार तथा सूचनाप्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पारित गर्न प्रस्ताव गर्नेछन्।विधेयक प्रेस स्वतन्त्रताको विपक्षमा रहेको बताउँदै नेपाल पत्रकार महासंघसहित पत्रकारका विभिन्न संघसंगठनले विरोध गरिरहेका छन्।नेपाल प्रेस काउन्सिल ऐन, २०४८ लाई प्रतिस्थापन गर्न ल्याइएको विधेयकमा प्रेस काउन्सिलको नाम परिवर्तन गरी मिडिया काउन्सिल बनाउन प्रस्ताव गरिएको छ। तर काउन्सिल स