एभरेष्ट रेमिट मार्फत पठाइएको पैसा खल्तीबाट प्राप्त गर्न सकिने

विदेशबाट एभरेष्ट रेमिट मार्फत पठाएको पैसा खल्तीबातट सजिलै प्राप्त गर्न सकिने भएको छ। यस संगै अब ग्राहकहरुले रेमिट्यान्स सेवा घरमै प्राप्त गर्न सक्ने भएका छन्। साथै प्राप्त भएको रकम पुन खल्ती बाट तुरुन्त आफ्नो बैंक खातामा ट्रान्सफर गर्न वा खल्ती को रेमिट्यान्स सेवा मार्फत नेपालको जुनसुकै ठाउँमा पठाउन सक्नेछन्। खल्तीबाट रेमिट्यान्स पठाउन वा प्राप्त गर्न ग्राहकले आफ्नो खल्ती केवाईसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्छ। त्यसै गरी नयाँ प्रयोगकर्ताहरुले पनि आफ्नो खल्ती एप डाउनलोड गरी केवाईसी भेरिफाई गरीसकेपछि रेमिट्यान्स प्राप्त गर्न वा पठाउन सक्ने कम्पनीले जनाएको छ। विदेशबाट एभरेष्ट रेमिट मा पठाएको पैसा खल्ती बाट प्राप्त गर्न खल्ती एप को होम पेजमा गई “सेण्ड मनी” मा ट्याप गर्ने , “रेमिट्यान्स”मा गई “रिसिभ मनी’ मा क्लिक गर्ने , “एभरेष्ट रेमिट” छनोट गर्ने , “कन्ट्रोल पिन” दाखिला गरी “प्रोसिड” मा ट्याप गर्ने , सबै विवरण यकिन गरी “ओके” बटन मा ट्याप गर्ने प्रक्रिया रहेको कम्पनीले जनाएको छ । 

सम्बन्धित सामग्री

खल्तीबाट मेरोशेयर निशुल्क नवीकरण गर्न सकिने

खल्ती डिजिटल वालेटले निःशुल्क मेरो शेयर खाता नवीकरण अफर ल्याएको छ । यो अफर अन्तर्गत मेरो शेयर खाता नवीकरण गर्न छुटेकाहरूले मात्र होइन, नवीकरण गरिसकेकाहरूले पनि अर्को वर्षको नविकरण गर्न सक्ने खल्तीले जनाएको छ।खल्तीका अनुसार यस अफर अन्तर्गत खल्ती मार्फत भुक्तानी गर्दा भने १००% क्यासब्याक प्राप्त गर्न सक्नेछन्। यसमा अधिकतम क्यासब्याक १ वर्षको नविकरण रहेको छ तर  प्रयोगकर्ताहरूले आगामी पाँच वर्ष सम्मको लागि नै आफ्नो अकाउन्ट नवीकरण गर्न सक्नेछन् प्रत्येक खल्ती आइडीले यो अफर एक पटक मात्र लिन सक्नेछन्।  यो अफर चैत २, २०७८ गते सम्म लागु हुनेछ। यस सेवाको बारेमा थप जानकारी दिँदै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “यसले धेरै सम्भावित लगानीकर्तालाई शेयर बजारमा प्रवेश गर्न पक्कै प्रोत्साहन दिने विश्वास लिएको छु' । प्रयोगकर्ताले मेरो शेयर खाता नवीकरणको लागि रु. ५० शुल्क लाग्ने गरेको छ।

‘खल्ती’बाटै खानेपानीको बिल भुक्तानी गर्न सकिने

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को बिल भुक्तानी अब अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ डिजिटल वालेटबाट गर्न सकिने भएको छ ।  व्यस्त जीवनशैलीका कारण बिल भुक्तानी गर्न कार्यालयसम्म धाउन पर्ने तथा ढिला भई जरिवानाको समस्याले पिरोलिएको ग्राहकका लागि डिजिटल भुक्तानीको प्रबन्ध मिलाइएको ‘खल्ती’ले जनाएको छ । खल्तीबाट खानेपानीको बिल भुक्तानी समय मै गरी रिबेट/छुटको पनि ग्राहकले सुविधा प्राप्त गर्न सक्ने बताइएको छ ।।  ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले ...

अब खल्तीबाट आफ्नो बैंक खातामा नि:शुल्क रकम पठाउन सकिने

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी, खल्ती डिजिटल वालेट ले ग्राहकहरुको अमुल्य प्रतिक्रिया तथा सुझावलाइ मध्यनजर गर्दै खल्ती बाट बैंक खातामा नि:शुल्क रकम ट्रान्सफर गर्न सकिने अफर संचालनमा ल्याएको छ।  यस सेवा अन्तर्गत ग्राहकहरुले खल्तीबाट आफ्नो एक बैंक खाता सेभ गरी त्यसमा प्रत्येक अंग्रेजी महिनाको अधिकतम ५ पटक वा रू. ५००० र दैनिक ३ पटक...

खल्तीबाट १ रुपैयाँ मै हवाई टिकट खरिद गर्न सकिने

फ्लाइट टिकेटमा नेपालकै सबै भन्दा बढी क्यासब्याक प्रदान गर्ने अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी, खल्ती डिजिटल वालेटले  रु. १ मा हवाई टिकट खरिद गर्न सकिने अफर कार्यान्वयनमा ल्याएको छ। कम्पनीले खल्तीमा उपलब्ध जुनसुकै एयरलाइन्सको टिकट बुक गर्दा मात्र रु. १ मा हवाई टिकट खरिद गर्न सकिने अफर ल्याएको हो। यस अफर मार्फत् खल्तीमा उपलब्ध कुनै पनि एयरलाइन्सको टिकट बुक गर्ने हरेक प्रयोगकर्ताले रु. ८०० सम्म को क्यासब्याक पक्का पाउनेछन्। साथै दैनिक एक जना भाग्यशाली बिजेताले मात्र रु. १ मा उडान टिकट प्राप्त गर्ने कम्पनीले जनाएको छ। खल्तीले हवाई टिकटको कुल रकमबाट जम्मा मात्र रु. १ कटौती गरी बाँकी रकम बिजेताको खल्ती खातामा ट्रान्सफर हुने जानकारी गराएको छ। उक्त अफरमा सहभागी हुन सहभागीले आफ्नो खल्ती केवाइसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्नेछ। खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाइ गरिसकेपछि उक्त अफरमा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यस अफर ७ सेप्टेम्बर देखि ४ अक्टोबर २०२१ सम्म मात्र लागु हुने खल्ती वालेटले जनाएको छ।

सम्सारा रेमिटबाट पठाइएको रकम खल्तीमा सिधै प्राप्त गर्न सकिने

काठमाडौं । रेमिट्यान्स कम्पनी सम्सारा रेमिट मार्फत देश तथा विदेशबाट पठाएको पैसा खल्तीबाट सजिलै प्राप्त गर्न सकिने भएको छ । यस सेवा कार्यान्वयनमा आएसँगै अब नेपालमा रही खल्ती मार्फत नेपालको जुनसुकै ठाउँमा सजिलै विदेशबाट पाउन र नेपाल भरि बाट पैसा पठाउन र पाउन सकिने खल्तीले जनाएको छ । सम्सारा मार्फत कतार, मलेसिया, फ्रान्स, लेबनान, इराक, दुबई, दक्षिण कोरिया, जर्मनी तथा मध्य पूर्व राष्ट्रहरूबाट रकम पठाउन सकिनेछ ।सन् २००६ मा स्थापना भएको सम्सारा रेमिट रेमिट्यान्स कम्पनी हो जसले विगत १५ वर्ष भन्दा

वल्ड रेमिटबाट खल्ती खातामा पैसा पठाउँदा दुई सय बोनस

अनलाइन पेमेन्ट सेवा प्रदायक खल्ती डिजिटल वालेटले वल्ड रेमिटबाट पैसा पठाउँदा खल्तीको खातामा सिधै पैसा प्राप्त गर्न सकिने सुविधा ल्याएको छ । उक्त सुविधाअन्तर्गत पठाइएको रकम खल्तीबाट प्राप्त गर्ने व्यक्तिले दुई सय रूपैयाँ बोनस तुरुन्तै पाउने कम्पनीले जनाएको छ । वल्ड रेमिटसँगको सहकार्यले चौबिसै घण्टा ७० भन्दा बढी राष्ट्रबाट नेपालमा रहेको व्यक्तिको खल्ती खातामा चाहेजति […]

वर्ल्ड रेमिटबाट खल्तीमा पैसा प्राप्त गर्दा २०० बोनस

काठमाडौं । अनलाइन पेमेन्ट सेवाप्रदायक कम्पनी खल्ती डिजिटल वालेटले वर्ल्ड रेमिटबाट पैसा पठाउँदा खल्तीको खातामा सिधै पैसा प्राप्त गर्न सकिने सुविधा ल्याएको छ । उक्त सुविधा अन्तर्गत पठाइएको रकम खल्तीबाट प्राप्त गर्ने व्यक्तिले २०० बोनस तुरुन्तै पाउनेछन् । वर्ल्ड रेमिटसँगको यस सहकार्यले चौविसै घण्टा ७० भन्दा बढी राष्ट्रहरूबाट नेपालमा रहेको व्यक्तिको खल्ती खातामा चाहे जति रकम सजिलै पैसा प्राप्त गर्न सम्भव बनाएको छ । प्राप्त गर्ने व्यक्तिले खल्ती आइडी बनाई केवाइसी भेरिफाई भने गराएको हुनुपर्ने खल्