विपद्पश्चात तत्काल संकलन गरिने विपद् प्रारम्भिक द्रुत लेखाजोखाको सरल विवरण संकलन फारम र मोबाइल एप्लिकेसन तयार भएको छ । यो फारम र एप्लिकेसन गृह मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी तथा विज्ञहरू रहेको प्राविधिक समूहको संयुक्त प्रयासमा तयार भएको हो । विपद्को क्षेत्रमा काम गरिरहेका सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिसँग विभिन्न चरणमा भएको छलफल पछि यो एप्लिकेसन तयार पारिएको हो ।