बैतडी : आगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरेर बैतडीमा पनि फोटोसहितको मतदाता नामावली संकलन कार्य सुरु हुँदै छ। जिल्लाका सबै स्थानीय तहका केन्द्रमा नामावली संकलन कार्य सञ्चालन गरिन लागिएको हो।मङ्सिर १७ गतेदेखि सुरु हुने नामावली संकलन कार्य दुई चरणमा सञ्चालन हुने जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुँयालले जानकारी दिए। दुई चरणमा सञ्चालन हुने नामावली संकलन कार्य प्रत्येक पालिकामा १० दिनसम्म सञ्चालन हुने र बिदाको दिनसमेत जारी रहनेछ।पहिलो चरणमा मङ्सिर १७ गतेदेखि मङ्स