काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तरगत बन्द सत्रमा आज अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल हुँदैछ। छलफलका लागि महाधिवेशन प्रतिनिधिलाई २५ वटा समूहमा विभाजित गरिएको छ। समूहमा आवद्ध प्रतिनिधिले पार्टी प्यालेस, पार्टी कार्यालय र प्रज्ञा भवनकै हलमा बसेर अध्यक्षको प्रतिवेदनमाथि छलफल गर्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। १ नम्बरदेखि ९ नम्बर समूहसम्मका प्रतिनिधिले प्रज्ञा भवनकै विभिन्न हलमा समूहगत छलफल गर्नेछन्। समूह १० र ११ मा गण्डकी