नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि आजदेखि समूहगत छलफल हुँदैछ । बन्द सत्रमा पार्टी अध्यक्ष प्रचण्डले ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा वैचारिक तथा राजनीतिक दस्तावेज प्रस्तुत गरेका थिए । देशभरबाट सहभागी झन्डै १७ सय प्रतिनिधिमध्येबाट निर्माण गरिएको २५ समूहमा प्रतिवेदनमाथि छलफलका हुन लागेको हो । प्रदेशगत रूपमा समूह विभाजन गरी संयोजक र ठाउँहरू तोकिएको छ । महाधिवेशनस्थल