चिप युद्धः अमेरिकाको लहलहैमा नेदरल्यान्डले पनि चीनलाई चिप बेच्न लगायो बन्देज

काठमाडौं । नेदरल्यान्डले चीनमाथि चिप निर्यातमा रोक लगाउने भएको छ । अमेरिको कदमलाई पछ्याउँदै डच सरकारले आफ्नो राष्ट्रिय सुरक्षा जोगाउन अति उन्नत खालको चिपको निर्यातमा बन्देज लगाउने भएको छ । चीनको नाम नै नलिएको भएपनि यो कदम चीन तर्फ लक्षित छ ।  यसमा कम्प्युटर चिप निर्माता एएसएमएलले बनाउने प्रविधिहरु पर्छ । विश्वको माइक्रोचिप आपूर्ति शृङखलामा एएसएमएल महत्वपूर्ण कम्पनी हो । अहिले पेन ड्राइभदेखि मोबाइल फोन अनि कारदेखि सैन्य हार्डवेयरसम्म चिप प्रयोग नहुने कुनै उपकरण नै छैन् । पछिल्लो समय चीन र अमेरिकाबीचको लडाईमा मारमा भने चिप परेको छ । नेदरल्यान्डको यो कदम अमेरिकाको लागि वास्तविक जित हो भने चीनको लागि भने खराब समाचार हो । अमेरिका र चीनबीचको सम्बन्ध पहिला देखि नै राम्रो छैन । यसले चीन अमेरिकाबीचको सम्बन्ध झनै खराब बनाउने स्पष्टै भएको वाशिङटनस्थित बौद्धिक समूह एट्लान्टिक काउन्सिलका सिनियर फेलो डेक्ष्टर रोबर्ट्सले भनेका छन् । यसले चिप उत्पादनको चक्रलाई नै प्रभावित पार्नेछ । राष्ट्रिय र अन्तरराष्ट्रिय सुरक्षाको अवस्थालाई विचार गरेर आफूले यो प्रविधिमा सकेसम्म छिटै अंकुश लगाउने विचार गरेको डच व्यापार मन्त्री लेइस्जे श्रिनेम्चरले भनिन् । यो नियमअन्तर्गत कम्पनीहरुले अति उन्नत डिप अल्ट्रा भ्वाएलेट (डीयूभी) इमर्सन लिथोग्राफी र ढिपाजिशन समेतको प्रविधिको निर्यातका लागि कम्पनीहरुले सरकारसँग स्वीकृति लिनुपर्छ । यो प्रतिबन्ध आफ्नो अधिकांश उन्नत इमर्शन डीयूभीमा लागू हुने आशा आफूले गरेको भन्दै एएसएमएलले एक विज्ञप्तिमा भनेको छ । डच सरकारले सन् २०१९ यता नै एएसएमएललाई चीनलाई  उसको सबैभन्दा उन्नत लिथोग्राफी मेशिन बेच्न रोक लगाएको थियो । अक्टोबरमा अमेरिकाले कम्पनीहरुलाई अमेरिकी टूल वा सफ्टवेयर प्रयोग गरेर बनाइएका चीपहरु चीनतर्फ निर्यात गर्दा अनुमति लिनु पर्ने व्यवस्थाको घोषणा गरेको थियो । अमेरिकाले नेदरल्यान्ड र जापानलाई पनि यस्तै खालको नीति अपनाउन दबाब दिँदै आएको छ । यो हप्ताको शुरुमा दक्षिण कोरियाको व्यापार मन्त्रालयले भने अमेरिको चीप नीतिबारे चिन्ता व्यक्त गरेको थियो । यस्ता नीतिहरुले कम्पनीहरुले व्यवस्थापन र प्रविधि अधिकार खोस्ने, व्यवसायिक अनिश्चय बढाउने अनि लगानी विकल्पमा अमेरिकाको आकर्षण खस्कने मन्त्रालयले बताएको थियो । विश्वको सबैभन्दा ठूलो चिप बनाउने देश हो दक्षिण कोरिया । सामसङ सबैभन्दा ठूलो चिप निर्माता कम्पनी हो । एजेन्सी  

सम्बन्धित सामग्री

पोखरा महानगरको फूल मेलाको डामाडोल : स्टलका व्यवसायी नै फूल बेच्न सडकतिर !

महानगरले आफैंँ मेला गर्ने अनि सडकपेटीमा फूल बेच्न खुल्ला छोडिदिँदा निशुल्क स्टलमा फूल बेच्न पुगेकाहरू मर्कामा परेका हुन् ।

जसले भारत गएर मिर्गौला बेचे, उसैले अरुलाई पनि बेच्न सिकाए

यी दुई पात्रले आफ्नो मात्रै मिर्गौला बेचेनन्, अन्य पात्र खोजी गर्दै भारतसम्म पुर्‍याएर मिर्गौला बेच्न थाले। आफ्नो मिर्गौला बेच्नबाट सुरुवात गरेका यी दुईले अवैध रुपमा मिर्गौला बेच्न धन्दा नै चलाउन थाले।

असार १५ मा दही बेच्न भ्याईनभ्याई

प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन्। व्यापारीलाई भने दही बेच्न भ्याईनभ्याई छ। विभिन्न स्थानमा डेरी तथा दही सेन्टरमा दही बनाउने र बेच्न अहिले पसलेहरु व्यस्त देखिन्छन्। दृश्यमा भक्तपुरका…

अब ठेलामा पानीपुरी बेच्न नपाइने

काठमाडौं, १२ असार । ललितपुर महानगरभित्र अब ठेलामा पानीपुरी बेच्न नपाइने भएको छ । पानीपुरीको पानीमा हैजाको जीवाणु हुन सक्ने खतरा बढेपछि महानगरले ठेलामा पानीपुरी बेच्न रोक लगाउने निर्णय गरेको हो । महानगरको निर्णयसँगै आजैदेखि ललितपुर महानगरपालिकाका नगर प्रहरीहरुले ठेलामा पानीपुरी बेच्नेहरुलाई हटाउने छन् । महानगरले धेरै भिडभाड हुने क्षेत्रमा पानीपुरी बेच्दा प्रदुषित धुलोहरुले स्वास्थ्यमा […]

ललितपुरका सडकमा आजदेखि पानीपुरी बेच्न नपाइने

काठमाडौँ । आज (आइतबार) देखि ललितपुर महानगरपालिकामा पानीपुरी बेच्न नपाइने भएको छ । महानगरले हैजा फैलिने उच्च जोखिमलाई मध्यनजर गर्दै महानगरभित्रका सडकमा पानीपुरी बेच्न रोक रोक लगाएको हो । महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले पानीपुरी बेच्न नपाइने गरी माइकिङ सुरु गरिएको बताए । ‘पछिल्लो समय उपत्यकामा फैलिरहेको हैजालाई मध्यनजर गर्दै पानीपुरी बेच्न रोक लगाइएको […]

बेच्न राखिएको जडीबुटी

संखुवासभाको सदरमुकाम खाँदबारी शनिबारे हाट बजारमा बेच्न राखिएको विभिन्न प्रकारका जडीबुटी । हिमाली क्षेत्र भोटखोलाबाट ल्याइएको जडीबुटी । तस्वीर, रासस

किर्ते गरी जग्गा बेच्न खोज्ने कारागार चलान

किर्ते गरी मोरङको उर्लाबारीको एउटै जग्गा दुई जनालाई बेच्न खोज्ने एक जना महिला कारागार चलान भएकी छन्।...

सीईडीबी हाइड्रोको सेयर तीन वर्ष बेच्न नमिल्ने

काठमाडौं। सीईडीबी हाइड्रोपावर कम्पनीको संस्थापक र कर्मचारीको सेयर तीन वर्षसम्म बेच्न नमिल्ने भएको छ। वैशाख ३१ गते बाँडफाँड भएको कम्पनीको सेयरमा लकिङ पिरियड लागू भएको हो। अब कम्पनीको संस्थापक र कर्मचारीसँग भएको सेयर २०८१ सालको वैशाख ३० गतेपछि मात्र बेच्न मिल्नेछ।

विशाल बजारको सेयर बेच्न चाहनेको भीड

काठमाडौं। विशाल बजार कम्पनीको सेयर बेच्न चाहनेको भीड लागेको छ। कम्पनीको सेयर मूल्य १० प्रतिशत घटेसँगै बेच्न चाहनेको भीड लागेको हो। आजै ६७१ रुपैयाँ घटेर प्रतिकित्ता ६ हजार ४५ रुपैयाँमा आइपुगेको छ। सेयर मूल्य घटेपछि बेच्न चाहनेहरु बढी भएपनि किन्न चाहने कोही छैनन्। अहिले २ बजेर २० मिनेट जाँदासम्म कम्पनीको १ लाख ७५ हजार कित्ता सेयर बेच्न राखिएको छ।

विशाल बजारको सेयर बेच्न चाहनेको भीड

काठमाडौं। विशाल बजार कम्पनीको सेयर बेच्न चाहनेको भीड लागेको छ। कम्पनीको सेयर मूल्य १० प्रतिशत घटेसँगै बेच्न चाहनेको भीड लागेको हो। आजै ६७१ रुपैयाँ घटेर प्रतिकित्ता ६ हजार ४५ रुपैयाँमा आइपुगेको छ। सेयर मूल्य घटेपछि बेच्न चाहनेहरु बढी भएपनि किन्न चाहने कोही छैनन्। अहिले २ बजेर २० मिनेट जाँदासम्म कम्पनीको १ लाख ७५ हजार कित्ता सेयर बेच्न राखिएको छ।