देशको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुग्दा समेत वर्तमान सरकार गम्भीर भएन: अर्थविद

बैशाख ८, काठमाडौं।  देशको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुग्दा समेत वर्तमान सरकार गम्भीर नभएको अर्थविद्हरुले बताएका छन् ।  नेपाल बुद्धिजीवी परिषद्ले राजधानीमा आयोजना गरेको अर्थतन्त्रमा देखिएका समस्या र समाधानका उपायहरु शीर्षकको कार्यक्रममा बोल्दै अर्थविद्हरुले यस्तो बताएका हुन । समयमा समाधानको पहल नगरे नेपालको अथतन्त्र श्रीलंकाको अवस्थामा पुग्ने समेत बताएका थिए ।   पूर्व गर्भनर तथा योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रवहादुर क्षेत्रीले आर्थिक विकासको वातावरण बनाउन पार्टीहरु गम्भीर नभएको वताए । वेरुजुको मात्रा वढेको, सुशासन कायम हुन नसकेको, पूँजीगत खर्च नवढेको वताउँदै क्षेत्रीले अर्थमन्त्रालय र राष्ट्रबैंकबीच समन्वय हुनुपर्ने बताए । कृषी क्षेत्रमा उत्पादकत्व बढाउनको लागि अनुदान किसानको हातमा पुग्नुपर्ने सुझाव समेत दिएका थिए । यसैगरी पूर्व अर्थसचिव रामेश्वर खनालले अर्थमन्त्रालय र राष्ट्रबैंकबीच समन्वय नहुँदा पछिल्लो समय समस्या आएको बताए । बैदेशिक कर्जाले शुरु गरिएका आयोजनालाई समयमा नै सम्पन्न गर्नुपर्ने बताउँदै खनालले उत्पादनशील क्षमता बढाउन र चालु खर्चमा सन्तुलन ल्याउनुपर्नेमा जोड दिए ।  यसैगरी राष्ट्रबैंकका पूर्व गभर्नर डा. तिलक रावलले राम्रोसँग काम गरिरहेका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्वन गरेर बर्तमान सरकारले गलत गरेको बताएका थिए । राज्यले नै तस्करीलाई प्रोत्साहन गरेको आरोप लगाउँदै डा. रावलले विलासिताका सामान आयातलाई रोकेर निर्यात वढाउनुपर्ने वताए ।  कार्यक्रममा बोल्दै पूर्व मन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अर्थतन्त्रका अधिकांश सुचक रातोमा गएकोले मुलुक गम्भीर संकटमा धकेलिएको बताए । सरकारले गर्नुपर्ने काम नगर्ने तर नगर्नुपर्ने काम गर्ने प्रवृत्ति देखाएको आरोप लगाउँदै ज्ञवालीले सरकारलाई फजुल खर्च रोक्न, विलासिताका वस्तु आयातमा नियन्त्रण गर्न, पूँजीगत खर्च बढाउन, नीतिगत रुपमा भएका सेटिङ् रोक्न र राष्ट्रबैंक माथिको हस्तक्षेप रोक्न आग्रह समेत गरेका थिए । यसैगरी परिषद्का अध्यक्ष तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले समाजवादी अर्थतन्त्र निर्माणका लागि पार्टी भन्दा माथि उठेर बौद्धिक हस्तक्षेप गर्नुपर्ने बताए । साथै उहाँले राष्ट्रिय पूँजी निर्माण गर्न, छरिएको पूँजीलाई एकीकृत वनाउन, उत्पादन वढाएर आयात घटाउन र समाजवादी अर्थतन्त्र निर्माणमा लाग्नुपर्ने उल्लेख गरे ।  कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष डा. प्रकाश श्रेष्ठले नेपालको अर्थतन्त्रको अहिलेको अवस्थाका वारेमा प्रस्तुती दिएका थिए ।   

सम्बन्धित सामग्री

जनताको समस्याप्रति सरकार गम्भीर छ : सञ्चारमन्त्री गुरुङ - Nepal Japan

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताका समस्या समाधान गर्न वर्तमान सरकार गम्भीर

गुनस्तरिय शिक्षाका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री प्रचण्ड

तुलसीपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार नेपाल भित्रै गुनस्तरिय शिक्षाको विकास र प्रबर्धनका लागी गम्भिर रुपमा अगाडी बढेको बताएका छन् । दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयहरु बीच प्रभावकारी समन्वय र प्रतिस्पर्धालाई बढवा दिदै सरकार अघि बढेको बताए । विश्वविद्यालयको अध्यन अध्यापनलाई अनुसन्धानमा आधारित बनाउनुका साथै […] The post गुनस्तरिय शिक्षाका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘सरकारले अर्थतन्त्रलाई ट्रयाकमा ल्यायो’

पूर्वउपप्रधानमन्त्री तथा सांसद टोपबहादुर रायमाझीले अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका छन् । विगतमा अर्थतन्त्रमाथि संकटका लक्षण देखिए पनि अहिले पूर्ववत ठाउँमा आउने वातावरण बनेको उनले बताए । बुधबारदेखि अर्घाखाँचीको सन्धिखर्कमा सुरु भएको अर्घाखाँची महोत्सव एवं, कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेलाको उद्घाटन गर्दै सांसद रायमाझीले बिग्रेको अर्थतन्त्रलाई सुधार गरेर अगाडि लैजाने कुरामा वर्तमान सरकार गम्भीर […]

ऊर्जा क्षेत्रको विकासमा सरकार गम्भीर नभएको गोकर्ण विष्टको आरोप

नेकपा एमालेका सांसद गोकर्ण विष्टले ऊर्जा क्षेत्रको विकासको लागि सरकार गम्भीर नभएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा उनले विगतका दुई सरकारका तुलना गर्दै वर्तमान सरकार गम्भीर नभएको आरोप लगाएका हुन् ।

ऊर्जा क्षेत्रको विकासमा सरकार गम्भीर नभएको गोकर्ण विष्टको आरोप

नेकपा एमालेका सांसद गोकर्ण विष्टले ऊर्जा क्षेत्रको विकासको लागि सरकार गम्भीर नभएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा उनले विगतका दुई सरकारका तुलना गर्दै वर्तमान सरकार गम्भीर नभएको आरोप लगाएका हुन् ।

ऊर्जा क्षेत्रको विकासमा सरकार गम्भीर नभएको गोकर्ण विष्टको आरोप

नेकपा एमालेका सांसद गोकर्ण विष्टले ऊर्जा क्षेत्रको विकासको लागि सरकार गम्भीर नभएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा उनले विगतका दुई सरकारका तुलना गर्दै वर्तमान सरकार गम्भीर नभएको आरोप लगाएका हुन् ।

अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुग्दासमेत सरकार गम्भीर नबनेको अर्थविद्हरूको आरोप

देशको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुग्दासमेत वर्तमान सरकार गम्भीर नबनेको आरोप अर्थविद्हरूले लगाएका छन् ।

दार्चुलाको विकासका लागि सरकार गम्भीर : मन्त्री बडू

कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले दार्चुलाको विकासका लागि वर्तमान सरकार गम्भीर रहेको बताउनुभएको छ । प्रेस युनियन दार्चुलाले गरेको पत्रकार सम्मेलनमा मन्त्री बडुले सो कुरा बताउनुभयो ।

वर्तमान देउवा सरकार परमादेशको नभई जनादेशको: जनमोर्चा सांसद पौडेल

काठमाडौं। राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले शेरबहादुर देउवा सर्वोच्च अदालतको परमादेशले नभई सांसदहरूको मतले निर्वाचित भएका बताएकी छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद पौडेलले वर्तमान सरकार हिजोको प्रतिगमनलाई जितेर बनेकाले यसको काँधमा ऐतिहासिक जिम्मेवारी रहेको बताइन्। एउटा प्रतिगमन परास्त भए पनि गणतन्त्र, धर्मनिरपेक्षतामाथि हमला भइरहेको, भ्रष्टाचार बढिरहेकाले त्यसलाई चिर्न सरकार गम्भीर हुनुपर्ने उनले बताइन्।

सरकारलाई गम्भीर बन्न कांग्रेस नेता निधिको सुझाव

५ कात्तिक, विराटनगर । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकार दुई तिहाइ बहुमतको भएकाले यसलाई निरर्थक हुन नदिन सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारलाई जनताका पक्षमा तल्लीन …