नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् ।
बुधवार बिहान २ बजे सार्वजनिक भएको मतगणनाको नतिजामा डा. शेखर कोइरालाई पराजित गर्दै देउवा विजयी भएका हुन् । मतगणना जारी नै छ ।
कुल ४ हजार ५ सय ६३ मत खसेकोमा देउवाले २ हजार २ सय ५८ र कोइरालाले १५३१ मत प्राप्त गरे ।
अहिले ३८२३ मत गणना भएको छ ।