४ कात्तिक, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल र पछिल्लो समय प्रचण्ड–बाबुरामले बनाएको धार नै नेपालको निम्ति सबैभन्दा उपयुक्त भएको दाबी गरेका छन् । नेकपा एमालेतर्फ लक्षित गर्दै उनले अहिले प्रतिगमनको नेतृत्व गरिरहेको शक्तिले पुष्पलालले नेतृत्व गरेको धारभन्दा विपरीत सामन्तवादलाई नजिक ठान्ने केशरजंग रायमाझी […]