सुर्खेत : पुल निर्माण सम्झौतापूर्व नै हुम्लाको लिमी तिलगाउँका स्थानीयले काठेपुल तयार गरी गाउँलाई सडक सञ्जालसँग जोडेका छन्।पुल निर्माणका लागि सरकारी निकाय र उपभोक्ता समितिबीच अझै सम्झौता भएको छैन। हिउँ पर्न थालेपछि काम गर्न कठिन हुने भएकाले कागजी प्रक्रिया पूरा नभए पनि स्थानीयवासीले आफैँ खर्च र जनश्रमदान गरी पुल निर्माण गरेका हुन्।नाम्खा गाउँपालिका–६, लिमीको तिलगाउँका स्थानीय बासिन्दा फुर्बु लामाले पछि बजेट प्राप्त हुने विश्वासमा तिलगाउँ जोड्ने तिम्ज्यङुको बाटोमा पर्ने कर्णा