सामसङले बुधबार आफ्नो पहिलो फोल्डेबल तथा फाइभ–जी स्मार्टफोन ग्यालेक्सी फोल्ड लन्च गरेको छ । विगतका कैयौ महिनादेखि यो फोनको चर्चा भइरहेको थियो । ४.६ इन्चको फोल्डेबल स्मार्टफोन खुले लगत्तै ७.४ इन्चको ट्याबलेटमा परिवर्तन हुन्छ । यसको मूल्य १ हजार ९८० डलर अर्थात् २ लाख १८ हजार रुपैयाँ पर्छ ।