गुल्मी – गुल्मीको मालिका गाउँपालिकाले 'हाम्रो मालिका' नामको स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गरेको छ । जिल्लामा पहिलो पटक कक्षा १ देखि ८ सम्मका लागि गाउँपालिकाले ‘हाम्रो मालिका’ नामक पुस्तक निर्माण गरेको शिक्षा शाखा प्रमुख भुमबहादुर घर्तीले बताउनुभयाे ।
गाउँपालिकाले पालिकाकाे चिनारीसँगै, पालिकाभित्रकाे प्रचलित धर्म, संस्कृति, परम्परा, स्थानीय पेसा, व्यवसाय, प्रविधि, स्वास्थ्य, सरसफाइ, योग, जडीबुटीलगायतका विषय पाठ्यक्रममा समेटेको छ । त्यसैगरी सूचना तथा सञ्चार प्रविधि, व्यावहारिक ल...