क्रेडिट स्वीस खरीदमा सरकारसँग ६ अर्ब डलर प्रत्याभूति खोज्दैछ यूबीएस

काठमाडौं । विश्व बैंकिङ जगतमा बैंकहरू असफल हुने पछिल्लो शृङ्खलामा कतै स्वीस बहुराष्ट्रिय लगानी बैंक क्रेडिट स्वीस पनि पर्ने हो भन्ने आशंका चुलिएको छ । विगत २–३ वर्षयता वित्तीय समस्यामा फसेको बैंकलाई जोगाउन स्वीस केन्द्रीय बैंक र वित्तीय  नियामकहरू अर्को स्वीस बैंक यूबीएसले किनोस् भन्ने चाहिरहेका छन् । यूबीएस बैंकले भने क्रेडिट स्वीस किन्न सरकारसँग ६ अर्ब डलरको प्रत्याभूतिको माग गरिरहेको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरूले समाचार छापेका छन् । सोमवारसम्म यो सम्झौतालाई सहमतिमा ल्याएर क्रेडिट स्वीसको शेयरमा गइरहेको पहिरो रोक्ने आशा केन्द्र बैंक र वित्तीय नियामकको छ । अमेरिकाको मझौला आकारको बैंक सिलिकन भ्याली बैंक (एसभी बैंक) गएको हप्ता धराशायी बनेयता अमेरिकामै अर्का २ बैंकको अवसान भएको छ । एसभी बैंकको अवसानको असर अमेरिका, यूरोप हुँदै विश्वभर नै वित्तीय क्षेत्रमा पोखिने भय बढिरहेकै समयमा स्वीटजरल्यान्डको १६७ वर्ष पुरानो बैंकको भविष्य पनि धरापमा पर्न लागेको देखिन्छ । सरकारले दिने ६ अर्ब डलरलाई यूबीएसले क्रेडिट स्वीसको पार्ट्सहरू टुक्र्याउन र मुद्दा मामिलाहरूमा लगाउने बैंकको आशय भएको 'रोयटर्स'मा समाचार छ । यूबीएसमा क्रेडिट स्वीस गाभ्ने विषयमा सरकारको प्रत्याभूति एउटा मात्रै तगारो हो । दुई बैंक मर्जरपछि हुने कर्मचारी कटौती, यूबीएसकै शेयरधनीहरूको यो योजनालाई अनुमति दिने/नदिने जस्ता अन्य कयौं समस्याहरू छन् । सोमवार बजार खुल्नुअघि नै यो समस्याको समाधान निकाल्ने दौडधूपमा स्वीस नियामकहरू छन् । यी दुई विशाल स्वीस बैंक गाँभ्दा उत्पन्न हुने जटिलताहरू हट्ने संकेत छैन । एसभी बैंकको पतनसँगै अमेरिका र यूरोप क्षेत्रमा बैंकिङ क्षेत्रप्रति लगानीकर्ता र निक्षेपकर्ताहरूको मनोबल खस्किएको थियो । यस्तोमा क्रेडिट स्वीसको सबैभन्दा ठूलो शेयरधनी साउदी नेशनल बैंकले बैंकमा थप लगानी नखन्याउने भन्ने अभिव्यक्तिले 'आगोमा घ्यू'को काम गरेको छ । अमेरिकामा राष्ट्रपति जो बाइडेनले निक्षेपकर्ताहरूको निक्षेपलाई जोगाउने वाचा गर्दा पनि बैंकिङ क्षेत्रका शेयरमा पहिरो रोकिएन । स्वीस सरकारले पनि क्रेडिट स्वीसमाथिको विश्वास फर्काउन बैंकमा ५० अर्ब डलरभन्दा धेरै प्रवाह गरिदिएको थियो । क्रेडिट स्वीस किन्न अहिले स्वीस अधिकारीहरूले यूबीएसलाई दबाब दिइरहेका छन् । यो सम्झौतालाई फाष्ट ट्र्याकमा ल्याउन स्वीट्जरल्यान्डले आकस्मिक उपायहरू अपनाउने बुझिएको छ । यस मामिलामा स्वीस सरकारले अमेरिकी र बेलायती अधिकारीहरूसँग पनि मिलेर काम गरिरहेको बताइएको छ । गएको एक हप्तामा मात्रै क्रेडिट स्वीसले आफ्नो एक चौथाई बजार पूँजीकरण गुमाएको थियो । एजेन्सी  

सम्बन्धित सामग्री

कुकुरले खाइदियो ४ हजार डलर

अमेरिकामा एउटा कुकुरले मालिकको ४ हजार डलर अर्थात् ५ लाख ३० हजार नेपाली रुपैयाँ खाइदिएको छ।ठेकेदारलाई दिन ठिक्क पारेको उक्त डलर सेसिल नामको कुकुरले खाइदिएको हो। खाममा डलर राखेर घरको मलिक बाहिर गएको र त्यसको ३० मिनेटमा फर्किँदा कुकुरले पैसा खाएर सखाप पारेको थियो।७ वर्षको सेसिलले सबै डलर खाइदिएपछि मालिकले कुकुरबाट ३ हजार ५० डलर भने फिर्ता ल्याउन सफल भए। उनीहरुले कुकुरले खाएपछि ४५० डलर भने गुमाए।

डलर साट्दै हिँड्ने एक व्यक्ति पक्राउ

जिल्ला प्रहरी कार्यालय काभ्रेले अनधिकृत रूपमा अमेरिकी डलर साट्दै हिँड्ने एकजनालाई पक्राउ गरेको छ । डलर साट्दै हिँडेको सूचनाको आधारमा खानतलासी गर्दा बनेपा नगरपालिका वडा नं. ६ स्थित हिमालयन होराइजन होटल नजिकैको...

डलर कार्डमार्फत हुने भुक्तानीमा कडाइ

केन्द्रीय बैंकले डलर कार्डमार्फत हुने भुक्तानीमा कडाइ गरेको छ । मंगलबार एकीकृत परिपत्र २०७८ मा संशोधन गर्दै राष्ट्र बैंकले विभिन्न १८ वस्तु तथा सेवा खरिदमा हुने भुक्तानीमा डलर कार्ड प्रयोग गर्न नपाइने व्यवस्था गरेको हो ।राष्ट्र बैंकले वायर ट्रान्सफर, बिमा सेवा, स्ट्याम्प तथा क्वाइन स्टोर, वित्तीय संस्थालाई भुक्तानी लगायतमा डलर कार्डमार्फत कारोबार गर्न नपाइने व्यवस्था […]

हरेक गैरआवासीय नेपालीले हजार डलर नेपाल पठाउने

काठमाडौँ- गैरआवासीय नेपालीहरुले नेपालको डलर अभाव पूर्ति गर्न हजार डलर नेपाल पठाउने प्रतिबद्धता जनाएका छन्। नेपालमा  डलर अभावको समस्या समाधानमा सघाउन उनीहरुले नेपाली बैंक खातामा डलर पठाउने प्रतिबद्धता गरेका हुन्। संघका कार्यकारी अध्यक्ष कुल आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले विदेशी मुद्राको कमी घटाउन अर्थमन्त्री तथा राष्ट्र बैंकका पदाधिकारीसँग छलफल पनि गरेका थिए। एनआरएनले सबै गैरआवासीय नेपालीहरुलाई […]

आईआरएसबाट ७८ बिलियन डलर ट्याक्स रिफण्ड जारी, औषत ३५३६ डलर

अमेरिकाको आईआरएसले २२ मिलियन व्यक्तिलाई ७८ बिलियन डलर ट्याक्स रिफण्ड जारी गरेको जनाएको छ । गतबर्ष औषत रिफण्ड रकम २८ सय १५ डलर रहेकोमा अहिले त्यसमा झण्डै ७ सय डलर बढेर ३५३६ डलर भएको छ । अमेरिकामा ट्याक्स फाइलको सिजन चलिरहँदा आईआरएसले योग्य कर दातालाई रिफण्ड समेत जारी गरिरहेको छ । अनलाइनबाट ट्याक्स फाइल गरेको […]

अमेरिकामा २५७६० डलर भन्दा कम आम्दानी हुनेलाई इन्टरनेटमा मासिक ३० डलर छुट

अमेरिकामा  २५७६० डलर भन्दा कम आम्दानी हुनेलाई इन्टरनेटमा मासिक ३० डलर छुट हुने कार्यक्रम रहेको छ ।  संसदले १४ बिलियन डलरको यो कार्यक्रम ल्याएको हो । सामान्यतया इन्टरनेटका लागि मासिक ६० डलर तिर्नुपर्छ । महिनाको ३० डलर सहायताका लागि योग्य परिवारले ल्यापटप, डेस्कटप वा ट्याबलेटमा एकपटकमात्र १ सय डलरसम्मको छुट प्राप्त गर्न सक्नेछन् । तर […]

सिटिजन्स बैंकमा सहजै डलर साट्न पाइने

पछिल्लो समय मुलुकमा विदेशी मुद्रा (डलर) को सञ्चित घटिरहेको भनिएको बेला सिटिजन्स बैंकले भने डलर सटहीको सुविधा प्रदान गरेको छ । ‘हजुरहरुको प्रगतिको साथी’ भन्ने मूल नाराकासाथ बैंकले आफ्ना सेवाहरुलाई थप परिष्कृत गर्दै आफ्ना सेवाग्राहीहरुलाई डलर सटहीको सुविधा प्रधान गरेको हो । यस्तो डलर विदेशबाट सिधै आयात गरी बिक्री बितरण शुरु गरिएको बैंकले जनाएको छ । हाल बजारमा भएको अमेरिकी डलरको अभावलाई पूरा गर्नुका साथै ग्राहकहरुको मागलाई समेत पूरा गर्न उद्देश्यले बैंकले अमेरिकी डलर आयात

ज्योति विकास बैंकको डलर प्रिपेड कार्ड

ज्योति विकास बैंकले प्रिपेड डलर कार्ड ल्याएको छ । प्रिपेड डलर कार्ड अनलाइनबाटै अवेदन दिन सकिने र अवेदन दिएको १ दिनभित्र भच्युर्चल डलर कार्ड प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।प्रिपेड डलर कार्ड सेवा सुरु भएसँगै बैंकका ग्राहकले स्वदेशमै रहेर पनि अन्तर्राष्ट्रिय ई–कमर्स प्लाटफर्ममार्फत सुरक्षित ढङ्गले किनमेल गरी रकम भुक्तानी गर्न सक्ने जनाइएको छ ।

भारतको व्यापारघाटा १५.१ अर्ब डलर

एजेन्सी। विशाल अर्थतन्त्र भएको भारतको व्यापारघाटा यो वर्ष अप्रिलमा १५.१ अर्ब डलर हुन पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा त्यस्तो घाटा ६.७६ अर्ब डलर थियो। निर्यात अप्रिलमा करिब तीन गुना बढेर ३०.६३ अर्ब डलर भएको छ, अघिल्लो वर्ष कोरोनाका कारण लकडाउन हुँदा निर्यात १०.३६ अर्ब डलर थियो। सरकारी आँकडाअनुसार मार्चमा निर्यात ६०.२९ प्रतिशत बढेर ३४.४५ अर्ब डलर हुन पुगेको छ।

भारतको व्यापारघाटा १५.१ अर्ब डलर

एजेन्सी। विशाल अर्थतन्त्र भएको भारतको व्यापारघाटा यो वर्ष अप्रिलमा १५.१ अर्ब डलर हुन पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा त्यस्तो घाटा ६.७६ अर्ब डलर थियो। निर्यात अप्रिलमा करिब तीन गुना बढेर ३०.६३ अर्ब डलर भएको छ, अघिल्लो वर्ष कोरोनाका कारण लकडाउन हुँदा निर्यात १०.३६ अर्ब डलर थियो। सरकारी आँकडाअनुसार मार्चमा निर्यात ६०.२९ प्रतिशत बढेर ३४.४५ अर्ब डलर हुन पुगेको छ।