काठमाडौं : नेपाल सुपर लिगअन्तर्गत बिहीबार सम्पन्न खेलमा ललितपुर सिटी एफसी र काठमाडौँ रेजर्स विजयी भएका छन्।
दशरथ रंगशालामा भएका दुवै खेलमा ललितपुरले बुटवल लुम्बिनी एफसीलाई तथा काठमाडौँले विराटनगर सिटी एफसीलाई पराजित गरेका हुन्।
ललितपुरले बुटवललाई १–० तथा काठमाडौँले विराटनगरलाई ५–४ गोलअन्तरले हराएको हुन्। जीतपछि ललितपुर प्लेअफमा पुग्ने सम्भावना कायमै छ। बुटवलले अन्तिम चारमा स्थान बनाउन एक खेल जित्नुपर्ने छ। बुटवलले अरु टोलीको खेलका नतिजामा समेत भर पर्नुपर्नेछ । काठमाडौँ प्लेअफमा...