२०४ विद्यालय हस्तान्तरण

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ(शिक्षा) काभ्रेपलाञ्चोकले विद्यालय पुनर्निर्माणलाई तीब्रता दिएको छ । २०४ विद्यालय निर्माण सम्पन्न भएर विद्यालयलाई हस्तान्तरण गरेको आयोजनाले जनाएको छ । २०४ विद्यालय निर्माण सम्पन्न भइसकेको इकाईका प्रमुख द्धारिका पोखरेलले जानकारी दिए । उनका अनुसार जिल्ला आयोजना कार्यान्वयन इकाई मार्फत १ सय ७६ र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) मार्फत निर्माण सम्पन्न भएका २८ विद्यालय निर्माण सम्पन्न भएर हस्तान्तरण भएको छ ।

सम्बन्धित सामग्री

विद्यालय हस्तान्तरण

वीरगञ्जको छपकैया वडा नं. ३ मा रहेको ताराचन्द किसनलाल आधारभूत विद्यालय हस्तान्तरण गरिएको छ ।चार कोठाको सुविधानसम्पन्न भवन निर्माण पूरा भएसँगै विद्यालय व्यवस्थापन समितिलाई राउण्ड टेबल ८ ले हस्तान्तरण गरेएको हो ।राउण्ड टेबल नेपालका केन्द्रिय अध्यक्ष आनन्द बाहेतीले नवनिर्मित सुविधा सम्पन्न ४ वटा कक्षाकोठा विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।राउण्ड टेबल नेपाल, नेपालको गैरनाफामूलक संस्था हो […]

एकै दिन ६ विद्यालय हस्तान्तरण

भारत सरकारको आर्थिक अनुदानमा बनेका जिल्लाका ६ विद्यालय एकसाथ हस्तान्तरण गरिएको छ । बनेपास्थित आजाद मावि, पनौतीस्थित शारदा मावि, पाँचखालस्थित दुग्धेश्वर मावि, भगवती मावि र चौरीदेउरालीस्थित खाडादेवी माविको भवन सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई एक साथ हस्तान्तरण गरिएको हो । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र भारतीय विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तवले संयुक्त रूपमा विद्यालय भवन हस्तान्तरण गरे ।

भारत सरकारद्धारा निर्माण भएका छ वटा विद्यालय हस्तान्तरण

भारत सरकारद्धारा निर्माण भएका छ विद्यालय हस्तान्तरण गरिएको छ । बुधबार बनेपाको आजाद माध्यमिक विद्यालयमा एक कार्यक्रमबीच छ वटै विद्यालय भवन संयुक्त रुपमा हस्तान्तरण गरिएको थियो ।

भारत सरकारको अनुदानमा बनेका ६ विद्यालय हस्तान्तरण

भारत सरकारको आर्थिक अनुदानमा बनेका जिल्लाका ६ विद्यालय एकसाथ हस्तान्तरण गरिएको छ । बनेपामा आयोजित विद्यालय भवन हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिलाई एक साथ हस्तान्तरण गरिएको हो ।

भारतीय सहयोगमा निर्मित विद्यालय हस्तान्तरण : आकर्षक भवन, चिटिक्क कक्षा कोठा

मोतीराम तिमल्सिना, काभ्रे । भारतीय सरकारको सहयोगमा भुकम्प गएको ६ वर्ष पछि निर्माण सम्पन्न भएका काभ्रेपलाञ्चोक जिल्लामा निर्माण हुने १२ वटा विद्यालय मध्ये ६ वटा समुदायलाई हस्तान्तरण गरिएको छ । भुकम्पले क्षति गराएका १२ वटा विद्यालय भारतिय सरकारको अनुदान र ऋण सहयोगमा निर्माण भएका हुन् । १२ मध्ये ६ वटाको निर्माण कार्य सकिएको छ भने […]

पाँच वर्षपछि दरबार हाइस्कुलमा पठनपाठन सुरु

पुनर्निर्मित सम्पदा रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा आइतबारदेखि भौतिक उपस्थितिमा नै पठनपाठन सुरु भएको छ । भूकम्प गएको पाँच वर्षपछि यस विद्यालयमा शिक्षक र विद्यार्थीको भौतिक सहभागितामा नै पठनपाठन सुरु गरिएको हो ।भूकम्पले पूर्णरूपमा क्षति भएको यस स्कुलको पुनर्निर्माणको काम गत फागुनमा नै सकिए पनि कोरोना भाइरसका कारण सरकारलाई विद्यालय हस्तान्तरण हुन […]

विद्यालय भवन हस्तान्तरण

सिन्धुपाल्चोकमा अमेरिकी सरकारद्वारा निर्माण गरिएका दुई विद्यालय हस्तान्तरण गरिएको छ।

भारत सरकारको सहयोगमा निर्मित विद्यालय हस्तान्तरण

नेपालस्थित भारतीय राजदूतावासको विकास साझेदारी परियोजना अन्तर्गत निर्माण भएका सामुदायिक विद्यालय भवन सोमबार स्थानीय निकायलाई हस्तान्तरण गरिएको दूतावासले जनाएको छ ।

सिप्रदीयन सहायता संस्था र टाटा ट्रस्टको सहकार्यमा विद्यालय भवन

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाद्धारा टाटा ट्रस्ट र टाटा कम्युनिटि इनिसियटिभ ट्रस्टको वित्तिय सहयोगमा हालैमात्र वलेफी गाउँपालिका ४ सिन्धुपाल्चोकमा नवनिर्मित विद्यालय हस्तान्तरण भएको छ । जालपादेवी माध्यमिक विद्यालयको उक्त नवनिर्मित भवन अत्याधुनिक, भूकम्प प्रतिरोधी तथा अपाङ्गमैत्री रहेको छ । १२ कोठे उक्त भवनमा पुस्तकालय, विज्ञान प्रयोगशाला, अपाङ्गमैत्री शौचालय र स्वच्छ खानेपानीको व्यवस्था समेत गरिएको छ ।