भारत सरकारको आर्थिक अनुदानमा बनेका जिल्लाका ६ विद्यालय एकसाथ हस्तान्तरण गरिएको छ । बनेपास्थित आजाद मावि, पनौतीस्थित शारदा मावि, पाँचखालस्थित दुग्धेश्वर मावि, भगवती मावि र चौरीदेउरालीस्थित खाडादेवी माविको भवन सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई एक साथ हस्तान्तरण गरिएको हो । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र भारतीय विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तवले संयुक्त रूपमा विद्यालय भवन हस्तान्तरण गरे ।