अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसलाई युक्रेनविरुद्ध थप बल प्रयोग गरे नयाँ प्रतिबन्ध घोषणा गर्ने चेतावनी दिएका छन् । बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनवार्ता गर्दै बाइडेनले युक्रेनमाथिको सैन्य दबाब अन्त्य गर्न आग्रह गरेका ह्वाइट हाउसका प्रेस सेक्रेटरी जेन साकीले बताइन् ।