रुसमा उत्पादन हुने सबैखाले पेट्रोलियम पदार्थको आयात प्रतिबन्ध लगाउने बहस सुरू भएसँगै विश्वबजारमा कच्चा तेलको मूल्य बढ्न थालेको छ । युरोपियन युनियनमा रुसबाट आउने सबै खाले तेलमाथि प्रतिबन्ध लगाउने विषयमा छलफल अघि बढेको थियो ।युरोपियन युनियनका अध्यक्षले युरोपियन आयोगको संसदमा उक्त प्रस्ताव गरेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य पुनः उकालो लाग्न थालेको हो । यही वर्षको मार्च महिनातर्फ कच्चा तेलको मूल्य प्रतिब्यारेल १३० अमेरिकी डलर पुगेको थियो ।त्यसपछि, विस्तारै घटेर प्रतिब्यारेल १०० अमेरिकी डलरतर