पहिरोले अवरुद्ध कपल्लेकी–नापानी–गड्सेरा सडक अझै खुलेन

डोटी । असोज अन्तिम साता परेको बेमौसमी वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो गएर बन्द भएको जिल्लाको कपल्लेकी–नापानी हुँदै गड्सेरा जोड्ने सडक अहिलेसम्म पनि नखुल्दा स्थानीय बासिन्दालाई समस्या भएको छ । असोज ३० गतेदेखि परेको अविरल वर्षासँगै यस सडकखण्डका विभिन्न ठाउँमा पहिरो आएर यातायात सेवा बन्द भएको हो । सडक नखुल्दा दैनिक उपभोग्य वस्तु किन्न र आफूले उत्पादन गरेका वस्तु बजारसम्म लैजान कठिन भएको जोरायल गाउँपालिका–५ फलेदा गाउँका जोगी सार्कीले बताए । बन्द सडक खुलाउन पटक–पटक शिखर नगरपालिका, जोरायल गाउँपालिका तथा डिभिजन सडक कार्यालयमा आग्रह गर्दासमेत कुनै पहल नभएकाले स्थानीय बासिन्दा आक्रोशित भएको ऐरीगाउँका रामबहादुर ऐरले बताए । ‘कपल्लेकी–नापानी हुँदै गड्सेरा जोड्ने सडक बन्द भएको एक महीना भइसक्यो, खोल्न कुनै पहल भएको छैन, मान्छे बिरामी पर्दासमेत अस्पताल लैजान सक्ने अवस्था छैन,’ उनले भने । सडक नखुल्दा गाउँमा उत्पादित साग, तरकारी तथा फलफूल बजारसम्म लैजान नपाउँदा बारीमै कुहिन थालेको अर्का स्थानीयवासी शेरबहादुर चोखालको गुनासो छ । सडक बन्द भएर गाउँमा गाडी नजाँदा दैनिक उपभोग्य वस्तुको मूल्यसमेत आकाशिएको उपभोक्ताले बताए । गाउँमा गाडी नआउने र एक दिनको पैदल दूरीबाट सामान बोकेर ल्याउनुपरेकाले दैनिक उपभोग्य वस्तु महँगिएको जोरायल गाउँपालिका–५ का व्यापारी उद्धबबहादुर देउवाले बताए । रासस

सम्बन्धित सामग्री

अवरुद्ध कर्णाली करिडोर अझै खुलेन

काठमाडौँ,१३ कार्तिक । गत असोज १९ गतेको पहिरोका कारण अवरुद्ध कर्णाली करिडोर अझैँ खुल्न सकेको छैन । करिडोर अन्तर्गत सान्नी त्रिवेणी गाउँपालिका(१ को लुसामा निरन्तर पहिरो खस्दा करिडोर अझैँ खुल्न नसकेको हो । उक्त क्षेत्रमा अहिले पनि सुख्खा पहिरो खरिरहेको छ । करिडोर सञ्चालन नहुँदा कालिकोट, बाजुरा, मुगु र हुम्ला दैनिक उपभोग्य सामान ढुवानीमा समस्या […]

अझै खुलेन किमाथाङ्का नाका

काठमाडौं, जेठ १५ । दुई वर्षअघि कोरोना सङ्क्रमण सुरु भएसँगै बन्द गरिएको किमाथाङ्का नाका अझै खुलेको छैन । चीनसँगको नेपालको नाका नखुल्दा भोटखोलाका नागरिकको दिनचर्यामा समस्या परेको छ । लामो समयसम्म नाका नखुल्दा मुख्यगरी भोटखोला गाउँपालिका–१ किमाथाङ्का, २ च्याम्ताङ र ३ हुङ्गुङका नागरिकलाई समस्या परेको हो । सङ्खुवासभा जिल्ला सदरमुकाम खाँदबारीसँग सडक सञ्जाल नजोडिएको त्यस […]

अझै खुलेन ठोरी नाका

ठोरी । कोरोना कहरको बेलादेखि बन्द भएको पर्साको ठोरी नाका अझै खुलेको छैन।जिल्लाका सबै नाका खुलेको धेरै समय वितिसक्दा पनि ठोरी नाका नखुल्नु ठोरीप्रति राज्यके बेवास्ता गरिनु हो। मधेस प्रदेश सरकारले ठोरीलाई मधेस कै पहिलो पर्यटकीय क्षेत्र घोषणा गरेता पनि नाका खोल्न पहल नगर्नु अत्यन्तै दु:खद पक्ष रहेको समृद्ध ठोरी अभियानका संयोजक तथा नेपाली काँग्रेसका […] The post अझै खुलेन ठोरी नाका appeared first on राजधानी राष्ट्रिय दैनिक.

राजन र सरुको ‘ढोकै खुलेन’

२३ मंसिर, काठमाडौं । राजनराज सिवाकोटी र सरु गौतमको स्वर, राजनकै शब्द तथा संगीत रहेको ‘ढोकै खुलेन’ बोलको गीत सार्वजनिक गरिएको छ । यो गीतको भिडियोमा एक प्रेमजोडीको कथालाई प्रस्तुत गरिएको छ । भिडियोमा समारिक ढकाल र प्रथम क्षेत्रीको अभिनय छ । सियोन श्रेष्ठको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा चक्रबहादुर बरालको छायांकन, सिलन लम्सालको सम्पादन […]

राजनराज र सरुले ल्याए ‘ढोकै खुलेन’

गायक तथा संगीतकार राजनराज शिवाकोटीको नयाँ गीत ‘ढोकै खुलेन’ को भिडियो सार्वजनिक भएको छ । गायक शिवाकोटीकै शब्द र संगीत रहेको गीतमा गायक शिवाकोटीलाई गायिका सरु गौतमले स्वरमा साथ दिएकी छिन् ।एक प्रेमीले जोडीको प्रेम भिडियोमा देखाउन खोजिएको छ । भिडियोमा मोडल समारिका ढकाल र प्रथम क्षेत्रीको अभिनय छ ।सियोन श्रेष्ठको निर्देशन र कोरियोग्राफी रहेको भिडियो छायाङ्कन चक्रबहादुर बरालले गरेका हुन् । भिडियोमा सिलन लम्सालको सम्पादन छ ।

फेरि अष्ट्रेलिया जान कहिले पाइएला?

डेढ वर्ष बित्यो तर बोर्डर खुलेन। मलाई मेरो देशमा नै केही गर्नु छ तर त्यसको निम्ति पनि पढाइ सक्नु नै पर्ने थियो। लगभग सबै देशका बोर्डर खुले तर अष्ट्रेलिया खुलेन। म विद्यार्थी हुँ। मेरो भविष्य छ तर मेरो भविष्यप्रति र मेरो समयप्रति न नेपाल सरकारले चासो दियो न त अष्ट्रेलियन सरकारले।

तीजमा पनि खुलेन पशुपतिनाथकाे मन्दिर, बाहिरैबाट दर्शन गरेर फर्किए व्रतालु

काठमाडौं । हिन्दु नारी महिलाहरूले आज तीज पर्व मनाउँदैछन्। तीजमा वर्त बस्ने चलन पनि छ। कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले आज तीजको पनि पशुपतिनाथ मन्दिरको बन्द रहेको छ । मन्दिर खोल्दा अत्यधिक भिडभाड हुने र अत्यधिक भिडभाड हुने र संक्रमण फैलिने उच्च जोखिम हुने भएकाले मन्दिर नखुलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोरोनाभाइरस […]

अझै खुलेन हवाई संग्रहालय

काठमाडौं । वाइडबडीलाई नै संग्रहालय बनाइएको सिनामंगलस्थित एभियसन म्युजियम ९हवाई संग्रहालय० संसारकै पहिलो हो। तर, कोभिडको दोस्रो लहर सुरुसँगै करिब पाँच महिनादेखि यो संग्रहालय बन्द छ। संग्रहालय बन्द भए पनि नियमित खर्चका कारण मासिक करिब आठ लाख रुपैयाँ घाटा व्यहोरिरहेको छ। लकडाउन खुकुलो भएसँगै सबै क्षेत्र खुले पनि हवाई संग्रहालय बन्द छ। संग्रहालय खुलाउने सरकारको […]

पहिराेले अवरुद्ध सिद्धार्थ राजमार्ग अझै खुलेन

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका राम्दिमा गएको पहिरोको कारण अवरुद्ध सिद्धार्थ राजमार्ग सडक अझै खुल्न सकेको छैन । लगातार बर्षाका कारण बाटो खुलाउन समस्या भएको हो । राजमार्ग अवरुद्ध हुदा स्याङ्जा तर्फ सानाठूला सवारीसाधन गरि ९० र पाल्पा तर्फ ६० सानाठूला सवारीसाधन अलपत्र परेका छन् । राजमार्ग भन्दा करिव ५० मिटर माथिबाट आएको ठुलो चट्टानसहितको […]

आठ महिनादेखि खुलेन रेलको ‘घुम्टो’

काठमाडौँ । भारतबाट ल्याएको ८ महिना बित्न लाग्दा पनि पालले छोपिएका दुईवटा रेल सेटले अझै ‘घुम्टो’ खोल्न पाएका छैनन् । कहिले कानुन त कहिले कर्मचारी अभाव देखाएर सञ्चालन रोकिएको बताइए पनि कोरोनाको दोस्रो लहर तीव्र बनेसँगै रेल सञ्चालनमा झन् अन्योल थपिएको छ । जयनगर–जनकपुर खण्डमा अब कहिले रेल सञ्चालनमा आउने हो, टुंगो नभएको भौतिक पूर्वाधार तथा यातायात... The post आठ महिनादेखि खुलेन रेलको ‘घुम्टो’ appeared first on Purbeli News.