पाकिस्तानमा एउटा बस दुर्घटना हुँदा कम्तीमा २२ यात्रुको मृत्यु भएको छ । दक्षिण पश्चिम पाकिस्तानको दुर्गम स्थानमा सडकबाट खाल्डोमा खस्दा महिला र बालबालिकासहित २२ यात्रुको मृत्यु भएको हो । बलुचिस्तान प्रान्तको किल्ला सैफुल्लाह जिल्लामा सो दुर्घटना भएको हो । सहायक जिल्ला प्रशासक मोहमद क्वासिमका अनुसार दुर्घटनामा सबै जनाको मृत्यु भएको छ । तीब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । दुर्घटनाको समयमा मौसम खराब रहेको प्राप्त विवरणहरूमा जनाइएको छ । प्रत्यक्षदर्शीहरूका अनुसार