नवलपुर : देशकै प्रतिष्ठित औद्योगिक घरना चौधरी ग्रुप (सिजी)को सामाजिक संस्था चौधरी फाउण्डेशनले नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को गैँडाकोट नगरपालिकामा ‘सिजी उन्नति कल्चर भिलेज’ स्थापना गरेको छ। राष्ट्रको मौलिक कला, संस्कृति, साहित्य, वेशभूषा, हस्तकलालगायतको संरक्षण र प्रवर्द्धनका लागि सिजीले नगरपालिकाको हर्कपुरमा कल्चरल भिलेज स्थापना गरेको हो।प्राकृतिक सुन्दरताकाबीच अवस्थित यहाँ थारू संस्कृति झल्काउने रेस्टुराँ, अतिथिगृह र कोठा छन्। चित्रकलामार्फत थारू जातिका विभिन्न संस्कृति, मे