वैदेशिक रोजगारीमा जाँदा जुन कुरा करारपत्रमा उल्लेख छ त्यही काम, तलब तथा सेवा सुविधा पाउनुपर्छ । यो श्रमिकको अधिकारको कुरा हो । तर अझै पनि सबैलाई नेपालमा भनेअनुसारकै तलब तथा सेवा सुविधा मिल्ने गरेको भने देखिँदैन । यहाँ गरेको करार सम्झौताअनुसार विदेशमा काम पाइएन भनेर वैदेशिक रोजगार विभागमा श्रमिकहरुका उजुरी आउने गर्छ...