अधिवक्ता गोविन्द शर्मा बन्दीले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई टुक्राटुक्रा पारेको जिकिर गरेका छन् । उनले मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनसम्बन्धी निर्णयको नियत खराब रहेको समेत जिकिर गरे । प्रतिनिधिसभा विघटनविरुद्ध काँग्रेस सभापति शेरबहादुर देउवा लगायतको रिट निवेदनको पक्षमा संवैधानिक इजलासमा बहस गर्दै बन्दीले भने, ‘मध्यराति विघटनको जुन निर्णय गर्नुभो, त्यसमा नियत खराब देखिन्छ । पार्टीको सहमती वा विमती यो उपधाराले खोजेको छैन। उपधारा १ देखि ५ सम्मको प्र