हेभिवेटविरुद्ध चुनाव लड्ने इन्जिनियर अधिकारीको घोषणा

२४ भदौ, दाङ । इन्जिनियर विशाल अधिकारीले दाङ २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । विज्ञप्ती निकालेर उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पनि यही निर्वाचन क्षेत्रबाट चुनाव लड्दैछन् । यो माओवादी केन्द्रका उपाध्यक्ष महरा यसअघि निर्वाचित भएको क्षेत्र हो […]

सम्बन्धित सामग्री

नेपाल इन्जिनियर्स एसोसिएसनको ३४औँ आसन्न निर्वाचनमा चुनाव लड्दै सुरेश कवाँ

यही २८ भदौमा हुन गइरहेको नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचनमा गोर्खा इको प्यानलका प्रमुख कार्यकारी निर्देशक तथा द ह्विल्स भक्तपुरका निर्देशक इन्जिनियर सुरेश कवाँलगायतको बलियो टिमको घोषणा भएको छ ।

नेपाल इन्जिनियर्स एसोसिएसनको ३४औँ आसन्न निर्वाचनमा चुनाव लड्दै सुरेश कवाँ

यही २८ भदौमा हुन गइरहेको नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचनमा गोर्खा इको प्यानलका प्रमुख कार्यकारी निर्देशक तथा द ह्विल्स भक्तपुरका निर्देशक इन्जिनियर सुरेश कवाँलगायतको बलियो टिमको घोषणा भएको छ ।

इन्जिनियर किरण केसी काठमाडौं ७ बाट स्वतन्त्र चुनाव लड्ने

इन्जिनियर किरण केसी काठमाडौं क्षेत्र नं. ७ बाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन् । हालैमात्र अस्ट्रेलियाबाट नेपाल आएका केसीले मुलुकको विकास र समृद्धिका लागि युवाको नेतृत्व अपरिहार्य भएको भन्दै प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । अस्ट्रेलियामा स्थापित व्यवसायी समेत रहेका केसी पेसाले मेकानिकल इन्जिनियर हुन् । अस्ट्रेलियामा एमबिएको पढाइ सकेर बिजनेस गर्दागर्दै स्थापित भएका केसीले देश बनाउने उद्देश्यले आफू नेपाल फर्किएको बताए । ‘

शेयर लगानीकर्ताका चर्चित अनुहार: को कहाँ उठ्दै छन् चुनाव ?

आगामी मङ्सिर ४ मा प्रतिनिधिसभा त्तहा प्रदेश सभा निर्वाचनको लागि राजनीतिक दलहरुले उम्मेदवार सिफारिस गर्ने क्रम जारी छ । कुनै पनि दलमा आवद्द नभएर स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गर्ने लहर पनि उतिक्कै छ ।शेयर बजारमा सक्रिय रुपमा रहेका केहि लगानीकर्ता पनि आगामी निर्वाचनमा उम्मेदवारको रुपमा देखिने भएका छन् । केहि समय अगाडी नो भोट अभियान चलाएका कतिपय लगानीकर्ताहरु अहिले आफै उम्मेदवार बनेका छन् । शेयरबजारमा सक्रिय रहेका लगानीकर्ता मध्ये सबै भन्दा पहिले हरि ढकालले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । पुँजीबजारको सुधारको लागि भनिएको आन्दोलनको क्रममा अनसन बसेका उनी चितवनबाट प्रतिनिधिसभा उम्मेदवार बनेका हुन् । उनले चितवन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका हुन् । हाल यो क्षेत्रबाट एमालेका सांसद सुरेन्द्र पाण्डे सांसद छन् । यसै क्षेत्रमा नेपाली कांग्रेसबाट राज्यमन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेल, पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभा सदस्य उम्मेदवारमा दावी गरेका छन् ।त्यस्तै अर्का शेयर लगानीकर्ता रोहन कार्की काठमाडौँ २ बाट प्रतिनिधिसभा उम्मेदवारी घोषणा गरेका छन् । उनले लौरो अभियानबाट उम्मेदवारी घोषणा गरेका हुन् । इन्जिनियर तथा व्यवसायी रहेका उनले आफुलाई पुँजीबजारका अभियन्ता, पूर्वाधार त्तहा पुनर्निमाण विज्ञको रुपमा चिनाउने गरेका छन् । यस क्षेत्रबाट हाल नेकपा एसका माधव कुमार नेपाल सांसद छन् । यद्यपि नेपालले यस पटक यो क्षेत्रमा चुनाव नलड्ने पक्का जस्तै छ । त्यस्तै नयन (नयन्द्र) बास्तोलाले भक्तपुर १ बाट उम्मेदवारी घोषणा गरेका छन् । उनले पनि लौरो अभियानबाट उम्मेदवारी घोषणा गरेका हुन् । उनले सामाजिक संजालमा आफु १० वटा कारणले उम्मेदवार भएको उल्लेख गरेका छन् । यस क्षेत्रबाट हाल नेमकिपाका प्रेम सुवाल सांसद छन् । शेयर लगानीकर्ता बिनोद बजगाई प्रदेश सभामा उम्मेदवारी घोषणा गरेका छन् । उनले पनि लौरो अभियानबाट काठमाडौँ २ (क) बाट प्रदेशसभामा उम्मेदवारी घोषणा गरेका हुन्। उनले आफुलाई पुँजीबजारका अभियन्ता , समाजसेवी तथा युवा व्यववसायीको रुपमा चिनाउने गरेका छन् । यस क्षेत्रबाट हाल एमालेका सानु कुमार श्रेष्ठ सांसद छन् । उनी बाग्मती प्रदेश सभाका सभामुख हुन् ।यी बाहेक शेयर लगानीकर्ता एकता समितिका संयोजक तिलक कोइरालाले पनि उम्मेदवारी दिने चर्चा छ । यद्यपि उनले यो समाचार तयार पार्दासम्म भने उम्मेदवारी घोषणा गरेका छैनन् ।त्यस्तै नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले पनि काठमाडौँ क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने चर्चा चलेपनि उनी आफैले भने सार्वजनिक रुपमा उम्मेदवारी घोषणा गरेकी छैनन् ।

काठमाडौँ–४ बाट चुनाव लड्दै इन्जिनियर आकर्षण पोखरेल

आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार बनेर इन्जिनियर आकर्षण पोखरेलले चुनाव लड्ने घोषणा गरेका छन्।

काठमाडौं ४ बाट चुनाव लड्ने इन्जिनियर आकर्षण पोखरेलको घोषणा

काठमाडौं । आगामी निर्वाचनका लागि काठमाडौंमा स्वतन्त्र उम्मेदवारहरुको घोषणा गर्ने क्रम बढिरहेका बेला काठमाडौं क्षेत्र नम्त्रर ४ मा युवा इन्जिनियर आकर्षण पोखरेलले पनि उम्मेदवारी घोषणा गरेका छन् ।

इन्जिनियर पोखरेलले काठमाडौं ४ बाट चुनाब लड्ने

काठमाडौं । इन्जिनियर आकर्षण पोखरेलले प्रतिनिधिसभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । उनले काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नम्बर–४ बाट उम्मेदवारी घोषणा गरेका हुन् । उक्त क्षेत्रबाट गगन थापाले यसअघि चुनाव लडेका थिए । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साहले शानदार जित हासिल गरेसँगै आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा उम्मेदवार बन्ने होड […]

म चुनाव हार्दिन, विश्वास नलागे ‘प्रि–इलेक्सन’ गरेर हेरौँ: बालेन शाह

स्थानीय तहको चुनाव आउन अब एक महिना मात्र बाँकी छ। राजनीतिक दलहरु अहिले आफ्नो क्षेत्रमा उम्मेदवार टुंगो लगाउँदैमा व्यस्त छन्। यता धेरै युवाहरु खुल्ला रुपमा आफ्नो उम्मेदवारीको घोषणा पनि गरिरहेका छन्। ७ सय ५३ वटा स्थानीय तहमध्ये हरेक क्षेत्रबाट चासोको केन्द्रमा रहने काठमाडौँ महानगरपालिकामा यसपल्ट र्‍यापर तथा ‘स्ट्रक्चरल इन्जिनियर’ बालेन शाहले उम्मेदवारी दिने घोषणा गरका […]