इन्जिनियर किरण केसी काठमाडौं ७ बाट स्वतन्त्र चुनाव लड्ने

इन्जिनियर किरण केसी काठमाडौं क्षेत्र नं. ७ बाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधिसभाको चुनाव लड्ने भएका छन् । हालैमात्र अस्ट्रेलियाबाट नेपाल आएका केसीले मुलुकको विकास र समृद्धिका लागि युवाको नेतृत्व अपरिहार्य भएको भन्दै प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । अस्ट्रेलियामा स्थापित व्यवसायी समेत रहेका केसी पेसाले मेकानिकल इन्जिनियर हुन् । अस्ट्रेलियामा एमबिएको पढाइ सकेर बिजनेस गर्दागर्दै स्थापित भएका केसीले देश बनाउने उद्देश्यले आफू नेपाल फर्किएको बताए । ‘

सम्बन्धित सामग्री

२५ हजार मत ल्याएर चुनाव जित्छु : किरण केसी

१७ कात्तिक, काठमाडौं । काठमाडौं–७ बाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार किरण केसी २५ हजारभन्दा बढी मत ल्याएर चुनाव जित्ने दाबी गर्छन् । काठमाडौं–७ मा ६० हजार मतदाता छन् । तीमध्ये ४२ हजार मत खस्ने आकलन उनको छ । ४२ हजार मत खस्दा १५ हजार मत ल्याउँदा नै चुनाव जित्न सकिने हिसाब पनि उनले सुनाए । […]

जिन्दगीमा ‘अप्रिल फुल र ब्युटिफुल’ को कहिल्यै विश्वास गर्नुहुँदैन् : किरण केसी

काठमाडौं, ७ भदौ । रिपोर्टर्स क्लब नेपालले सदाझैं यो वर्ष पनि गाईजात्रा पर्वको अवसरमा ‘कलाकारहरुसँग साक्षात्कार’ कार्यक्रमको आयोजना गरेको छ । आज (सोमबार) ख्याँतिप्राप्त हाँस्यकलाकारहरुले देशको पछिल्लो घटना र सन्दर्भलाई लिएर झटारो हानेका छन् । कलाकारले नेता, कर्मचारीदेखि जनतासम्मलाई ब्यङ्ग्यमार्फत झटारो हानेका हुन् । हाँस्यकालाकारहरुले नेताको व्यवहार, शैली र प्रवृत्तिलाई आफ्नो व्यङग्यको निसाना बनाएका थिए […]