राप्रपाको नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले अग्रता बढाउँदै बनाउँदै लगेका छन् ।
बिहान साढे ६ बजेको मतपरिणामअनुसार लिङ्देनले १३७१ र कमल थापाले ११५४ मत ल्याएका छन् ।
दाङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीका मेटमणि चौधरीले अग्रता बढाउँदै लगेका छन् । आइतबार सम्पन्न निर्वाचनको जारी मतगणनामा बुधबार रातिसम्म उनले ८,७७२ मत पाएका छन् । यस्तै एमालेकी शान्ता चौधरीले ६,०४९ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले ४,९४५ मत पाएका छन् । हालसम्म दाङ १ मा २५,०७८ मत गणना सकिएको छ ।
काठमाण्डाै – काठमाण्डौ क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रवीन्द्र मिश्रले अग्रता बढाउँदै हुनुहुन्छ ।
पछिल्लो मत परिणामअनुसार मिश्रले तीन हजार हजार ५८ मत ल्याउनुभएको छ । उहालाई नेपाली कांग्रेसका प्रकाशमान सिंहले दुई हजार आठ सय ७३ मतसहित पछ्याइ रहनुभएकाे छ ।
यस्तै नेकपा एमालेका किरण पाैडेलले एक हजार सात सय २९ मत प्राप्त गरी तेस्राे स्थानमा हुनुहुन्छ ।
धनगढी – बाजुराको बुढीगंगा नगरपालिकामा एमालेले अग्रता बढाउँदै लगेको छ। पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँले १७३२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खाती १०३० मत प्राप्त गरेका छन्। उनिहरु दुईबीचको अन्तर ७०२ रहेको छ। त्यस्तै, उपप्रमुखमा पनि एमालेकी मायाकुमारी खड्का कुवँर १६८७ मत ल्याउँदै अगाडि छिन् […]
काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले अग्रता बढाउँदै लगेका छन्। हालसम्म ३२ हजार ७३२ मत गणना हुँदा बालेन १२ हजार ५९२ मतसहित अगाडि छन्। दोस्रो स्थानमा रहेका नेकपा एमालेका केशव स्थापितले ६ हजार ८६० मत पाएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह ६ हजार २४ मतसहित तेस्रो स्थानमा रहेकी छन्। […]
काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै गएका छन् । हालसम्म बालेनले ४६४६ मत प्राप्त गर्दा एमालेका केशव स्थापितले २४०५ मत पाएका छन् ।यस्तै नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंहले २२२४ मत प्राप्त गरेकी छन् ।
काठमाडौँ महानगरमा बालेन साहले अग्रता बढाउँदै लगेका छन् । साहले २९७ मत पाउँदा दोस्रोमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १९२ मत प्राप्त गरेका छन् । त्यसै गरी तेस्रोमा नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४७ मत ल्याएकी छन् ।बालेन र स्थापितको मतान्तर १०५ रहेको छ ।
बुटवल उपमहानगरमा गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार खेलराज पाण्डेले अग्रता बढाउँदै लगेका छन् । अहिलेसम्म बुटवल वडा न १ को ९०० मत गणना सकिएको छ । उक्त वडामा नेपाली काँग्रेसका खेलराज पाण्डेले ४ सय २२ मत पाउदा राप्रपाका मृगेन्द्रकुमार शेरचनले २ सय १५ र नेकपा एमालेका बाबुराम भटराईले १६० मत पाएका छन् ।
नेपाली काँग्रेसको बागमती प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा इन्द्र बानियाँले अग्रता बढाउँदै लगेका छन् ।
८०४ मत गन्दा बानियाँले ४१८ र सभापतिका अर्का दावेदार जगदीश्वर नरसिंह केसीले ३८० मत ल्याएका छन् ।