चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन क्षेत्र समिति गठन गर्ने भएको छ । केही दिनपहिले देशका सातै प्रदेश समिति गठन गरेको रास्वपाले निर्वाचन क्षेत्रमा पनि सङ्गठन निर्माण गर्न लागिएको जनाइएको छ ।
काठमाडौं, ११ असोज। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को असोज १० गते बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहमतिअनुसार सुन प्रकरण अनुसन्धानका लागि उच्चस्तरीय समिति तत्काल गठन गर्न सरकारसँग माग गरेको छ। सरकारले निर्धारित मितिमा समिति गठन नगरेर सहमति उल्लंघन गरेको भन्दै बैठकले रोषसमेत प्रकट गरेको छ। रास्वपाको उक्त बैठकले पार्टीगत तथा देशका समसामयिक विषयमा १० वटा निर्णय गरेको छ।
काठमाडौं, २ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीले वडा वडामा पार्टीको संगठन निर्माणको काम थालेको छ । रास्वपाले जनाएअनुसार आजैका मितिदेखि औपचारिक रुपमा वडा भेला गरी वडा समिति गठन गर्ने कार्य स्थगित गरी वडा समिति अद्यावधिक नभएका वडाहरुमा अनलाईन मार्फत उम्मेदवारी दिई वडा समिति गठनको प्रक्रियामा जाने जनाएको छ । त्यसको लागि उम्मेदवारी दिन सकिने मिति […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदको गतिरोध अन्त्य गर्नुपर्नेमा जोड दिएको छ।
सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्ष दल एमालेले सदन अवरुद्ध गरिरहेका बेला...
राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) को भक्तपुर नगर समिति गठन भएको छ । राजेश शिल्पकारको सभापतित्वमा ११ सदस्यीय नयाँं नगर समिति गठन भएको हो। समितिको उपसभापतिमा राजेश मारिखू, सचिवमा सन्जिव प्रजापति र कोषाध्यक्षमा सुमित्रा श्रेष्ठ चुनिएका छन्।...
काठमाडौँ – सभामुख देवराज घिमिरेको ताकेतापछि दलहरुले संसदीय समिति गठनका लागि नाम बुझाउन थालेका छन्। प्रतिनिधिसभाको पहिलो अधिवेशन अन्त्य गर्नुअघि समिति गठन गर्ने जनाउँदै दलहरुलाई नाम बुझाउन ताकेता गरेपछि दलहरुले नाम बुझाउन थालेका हुन्। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सोमबारसम्म रास्वपा, जसपा, एकीकृत समाजवादी र माओवादले विषयगत समितिमा रहने आफ्ना सांसदको नाम सचिवालयमा बुझाएका […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा प्रदेश समिति गठन गरेको छ । समिति गठनसँगै जम्मेवारीसमेत तोकेको छ । प्रदेश नं १ समितिको सभापतिमा राजेश तिम्सिना, मधेस प्रदेशको सभापतिमा तपेश्वर यादव र बागमती प्रदेशको सभापतिमा अचुतम लामिछानेलाई जिम्मेवारी दिइएको छ । यसैगरी गण्डकी प्रदेशको सभापतिमा राजन गौतम, लुम्बिनीको सभापतिमा देवराज पाठक, कर्णालीको सभापतिमा धिरजबहादुर वली र […]