बागलुङ : बागलुङ बजारको चोक चोकमा अहिले आइटिएफ तेक्वान्दोका देशभरकै खेलाडी भेटिन्छन्। बागलुङ बजारका होटल तथा रेष्टुराँमा खेलाडीकै चहल पहल बढी छ। बागलुङ बजार क्षेत्रका धार्मिक पर्यटकीय क्षेत्रमा समेत अधिकांश आइटिएफ तेक्वान्दोका खेलाडी देखिन्छन्। बागलुङ बजारको बाङ्गेचौर खेलमैदानमा आइटिएफका खेलाडी र दर्शकको चाप छ।बागलुङमा शनिबारदेखि जारी नवौं राष्ट्रिय खेलकुद अन्र्तगत आइटिएफ तेक्वान्दो प्रतियोगिताले बागलुङ बजारलाई गुल्जार बनाएको छ। अहिले बागलुङ बजारको चोक चोकमा आइटिएफका व्यानरहरू छन् भने बाङ्गेचौर ख