बागलुङ : जिल्लाको बागलुङ बजारको ढल व्यवस्थापन नहुँदा कुरुप बनेको छ। हरेक वर्षातको समयमा नाली थुनिएर बजार जलमग्न हुने गर्छ।बजार क्षेत्रको ढललाई शुद्धीकरण गरेर नदीमा मिसाउने गरी तीन वर्ष अघिदेखि बजेट आउन थालेको छ। बजेट आउन थाले पनि ढल निकास परियोजना अहिलेसम्म अघि बढ्न सकेको छैन।आर्थिक वर्ष २०७७-०७८ मा ठेक्का प्रक्रियामा लैजानका लागि संघीय सरकारको खानेपानी तथा ढल निकास विभागले बजेट विनियोजन गरे पनि हालसम्म आयोजना अगाडि बढेको छैन।बागलुङ बजारमा उत्पादन भएको ढललाई संकलन गरी प्रशोधन गरेर नदीमा मिस