बागलुङ : अघि–अघि काला सेता रंगका भेडा। हातमा लौरो, शिरमा टालेको टोपी र शरीरमा पसिनाले निथ्रुक्क कपडा लगाएका दुईजना बागलुङ बजारको उपल्लाचौरमा भेटिए।उनीहरू थिए रोल्पाको सुनछहारी गाउँपालिका–३ का नन्दबहादुर बुढा मगर र तीर्थबहादुर बुढा मगर। साइनोले उनीहरू काका-भतिजा हुन्। १४ दिन अगाडि तिलाचन क्षेत्रबाट ४ सय भेडा लिएर आएका उनीहरू मंगलबार दिउँसो बल्ल बागलुङ बजार आइपुगेका थिए।दशैँका लागि खर्च जुटाउन भेडा बेच्न हिँडेका उनीहरू बागलुङको निसिखोला र मध्यपहाडी लोकमार्ग हुँ