काठमाडौँ। नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा सत्ता पक्षले धाँधली गरेको आरोप लगाएको छ। आइतबार एमाले महासचिव शंकर पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै धाँधली भएको आरोप लगाएको हो।
एमालेले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने निर्वाचनलाई भय र त्रासबिना मतदान र मतगणना हुनुपर्नेमा सत्ताधारी गठबन्धनले त्यसलाई पुरै बेवास्ता गरी जसरी पनि जित्न धाँधलीको साहारा लिएको आरोप लगाएको हो।