एजेन्सी। म्यानचेस्टर युनाइटेडका कप्तान ह्यारी मगुएर घाइते भएका छन्। उनको कुर्कुच्चामा चोट लागेको प्रशिक्षक ओले गनर सोल्सायरले बताएका छन्। सोल्सायरले कप्तान २६ मेमा हुने युरोपा लिग फाइनलका लागि उपलब्ध हुने विश्वास गरेका छन्। पोल्यान्डमा हुने फाइनलमा युनाइटेडले भिल्लारियालसँग प्रतिस्पर्धा गर्नेछ। चोटकै कारण उनले लेस्टर सिटीसँगको खेल गुमाएका थिए। सो खेलमा युनाइटेड २–१ ले पराजित भएको थियो।