रौतहट प्रहरीले लागुऔषध अफिम सहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी ब्रम्हपुरी वसतपुरबाट खटिएको संयुक्त टोलीले राजदेवी नगरपालिका ३ चण्डिया गाउँबाट अफिमसहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर गढी २ बस्ने ३२ वर्षीय अनिल लामा र मकवानपुर बकैयाका सुकलाल वाइबा रहेका छन् । उनीहरुबाट बा ६० प.५३५ नम्बरको मोटरसाईकल समेत बरामद भएको प्रहरीले जनाएको छ ।उनीहरुसँग १ किलो कालो पदार्थ लागुऔषध अफिमको चोप फेला परेको रौतहट प्रहरी प्रमुख एसपी सिद्वीबिक्रम