ज्यानमार्ने उद्योगदेखि कीर्ते सरकारी सहिछापको अभियोग र भ्रष्टाचारको मुद्दामा दोषी ठहरिएका नेपालका ४ जना फरार भिआईपी प्रहरीको सर्वाधिक खोजी सूचीमा छन्। फरार रहेका चारै जना भिआईपीहरू दिनहुँ कुनै न कुनै प्रहरी अधिकारीसँग सम्पर्कमै हुन्छन् तर पनि उनीहरूलाई प्रहरीले पक्राउ गर्न सकेको छैन। राजनीतिक दलको संरक्षण र कतिपय प्रहरी अधिकारीकै सहयोगमा उनीहरू सहजै लुक्ने गरेका छन्।…