पर्सा : तारे होटल, डिस्को र बारमा गएर भड्किलो तीज मनाउने चेलीहरूलाई पर्साको चेली कृषि सहकारी संस्थाले राम्रो पाठ सिकाएको छ। तीजका नाममा एक दिन तारे होटलका डिस्को र बारमा पुगी भड्किलो तीज मनाउँदै बुर्कुसी मार्ने चेलीहरूलाई चेली सहकारी संस्थाले राम्रो पाठ सिकाएको हो।एक दिने क्षणिक खुसी नभई जीवनमा सधैं खुसी ल्याउने प्रयास स्वरुप सीपमुलक तालिम दिई दक्ष बनाउँदै दर स्वरुप प्रमाणपत्र दिएर चेली कृषि सहकारीले तीज मनाएको छ। यो तयारी भने २२ दिन पहिलेदेखि नै सुरु गरेको संस्थाले जनाएको छ।