काठमाडौं (अस) । एनएमबि बैंकले मुद्दती निक्षेपमा ग्राहकलाई नयाँ ब्याजदर घोषणा गरेको छ ।
योजनाअन्तर्गत बैंकले सर्वसाधारण ग्राहकलाई मुद्दतीमा ९.५२ प्रतिशत वार्षिक ब्याजदर (०.५ प्रतिशत प्रिमियमसहित) प्रदान गर्नेछ । एनएमबि बैंकमा खाता नभएका ग्राहकले भिडियो केवाईसी कलमा आधारित प्रविधिमार्फत ५ मिनेटमै देश वा विदेशमै रही खाता खोली कारोवार गर्न सक्ने बैंकले बताएको छ ।
भीकेवाईसीमार्फत ग्राहकले अनलाइन खाताको सुरुदेखि अन्त्यसम्मको प्रक्रिया बैंकमा नआई डिजिटल रूपमा सम्पन्न गर्न सक्नेछन् । ग्राहकले एनएमबिमा भिडियो कलमार्फत नय“ा खाता खोल्न डिजिटल सेवा प्रयोग गरेर आप्mना केवाईसी विवरण अपडेट गर्न सक्छन् ।
बैंकले हाल १८१ शाखा, १३७ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।