बुधबार राजधानीबाट प्रकाशित हुने राष्ट्रिय दैनिकले पहिलो पृष्ठमा विभिन्न समाचारलाई प्राथमिकता दिएर प्रकाशित गरेका छन् । पत्रपत्रिकाले प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा सर्वोच्चको संवैधानिक इजलासमा भएको सवाल जवाफ, नेकपाभित्रको विवाद, साताभित्रै कोभिड खोप भारतबाट ल्याउन लागिएको, प्रदेश १ र बागमती प्रदेशसभाको बैठकलगायतका विषयलाई प्राथमिकता दिएका छन् ।
कान्तिपुर दैनिकले मुलुकमा यही साताभित्र कोभिड–१९ खोप ल्याउन लागिएको खबर छापेको छ । भारतको सिरम इन्स्टिच्यूट अफ इन्डियाद्वारा उत्पादित कोभिसिल्ड खोप अनुदान स्वरुप ल्यान लागिए...