सुदूरपश्चिम प्रदेशमा आज थप ४८६ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ६९३ जनाको नमूना परीक्षण गर्दा ४८६ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पीसीआरमार्फत १८९ र एन्टिजेनमार्फत २९७ मा पुष्टि भएको हो । पीसीआर मार्फत सेती प्रादेशिक अस्पतालमा १२१, महाकाली अस्पतालमा २९, बाजुरा अस्पतालमा २३, डडेल्धुरा अस्पतालमा १०, कमलबजार अस्पतालमा ६ र एन्टिजेनमार्फत कञ्चनपुरका ९०, कैलालीका ६२, बाजुरामा १८, दार्चुलाका १२, बझाङका १