दोलखा इन्चार्जबाट राजीनामा दिएकी देवी खड्कालाई प्रश्न- चुनावको मुखमा माओवादी छाड्‌न लागेको हो ?

मैले टिकट नपाएर होइन । स्वास्थ्यका कारणले अहिले मैले धेरै खटेर काम गर्न पनि सक्दिनँ । त्यसैले राजीनामा दिएकी हुँ ।

सम्बन्धित सामग्री

माओवादी दोलखा इन्चार्जमा विशाल खड्का  चयन

नेकपा माओवादी केन्द्रको दोलखा जिल्ला इन्चार्जमा विशाल खड्का चयन भएका छन् । पार्टी पोलिटब्युरो सदस्य देवी खड्काले इन्चार्जबाट राजीनामा दिएपछि विशालले जिम्मेवारी सम्हालेका हुन् । माओवादी पार्टीले विशाललाई केही दिन अघि जिल्ला इन्चार्जको जिम्मेवारी दिएको हो । दोस्रो संविधान सभा चुनावमा पराजित भएका खड्का २०७४ सालको चुनावमा दोलखा‘क’ निर्वाचित भएका थिए । हाल बाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री छन् । यो चुनावमा विशाल खड्का,देवी खड्का र गंगा कार्कीले प्रतिनिधि सभा टिकटमा आकांक्ष

माओवादी केन्द्र: वैत्यश्वर-काठमाडौँ सम्पर्क समितिको प्रशिक्षण

काठमाडौँ– नेकपा माओवादी केन्द्रअन्तर्गत वैत्यश्वर–काठमाडौँ सम्पर्क समन्वय समितिको प्रशिक्षण तथा भेला सुरु भएको छ । मंगलबार पार्टीको केन्द्रीय कार्यालयमा समितिको प्रशिक्षण तथा भेला कार्यक्रम भइरहेको हो । कार्यक्रममा समितिका अध्यक्ष जयनन्द दाहाल, केन्द्रीय सदस्य देवी खड्का, केन्द्रीय सदस्य तथा बागमती प्रदेशका अर्थमन्त्री शालिकराम जमकट्टेल, केन्द्रीय सदस्य सरल सहयात्री, कुलबहादुर बुढाथोकी, दोलखा–काठमाडौँ सम्पर्क समन्वय समितिका अध्यक्ष […]

६ वर्षमा पनि स्तरोन्नति भएन लामोसाँघु–जिरी सडक

दोलखा । दोलखा–जिरी सडक खण्ड जीर्ण हुँदा स्थानीयवासी मारमा परेका छन् । सडक विस्तार गरी कालोपत्रका लागि बोलपत्र गरेको ६ वर्ष बित्दा समेत काम शुरू नगरी माटो हालेर मात्र छाडिएको छ । माटो हालेपछि सडक थप जीर्ण हुनुका साथै यात्रुको सुरक्षामा समेत गम्भीर प्रभाव पर्ने गरेको स्थानीयवासी बताउँछन् । २०७२ मा देवी खड्का राज्यमन्त्री भएको बेला भएको ठेक्का सम्झौताअनुसार लामोसाँघु–जिरी सडकअन्तर्गत खाडीचौरदेखि चरीकोटसम्मको सडक खण्ड चौडा गरी कालोपत्र गर्ने जिम्मा लिएको थियो । तर सम्झौता अनुसार हालसम्म पनि काम पूरा हुन सकेको छैन । सडकको अवस्थामा कुनै परिवर्तन नभएपछि स्थानीयवासीले बाध्य भएर पटक–पटक आन्दोलन समेत गर्दै आएको छ । खाडीचौरबाट मुडेसम्म २५ किलोमिटर सडक कालोपत्र भइसकेको भए पनि मुडेबाट चरीकोटसम्म २७ किलोमिटर सडक भने हालसम्म कालोपत्र हुन सकेको छैन । मेडबाट चरीकोटसम्म आवतजावत गर्न दुई घण्टा लाग्ने र बीचबीचमा खाल्टो भएकाले दुर्घटनाको जोखिम बढ्नुका साथै गाडीसमेत बिग्रने गरेको व्यवसायी बताउँछन् । जीर्ण सडकका कारण स्थानीयवासीले वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । काम शुरू हुन नसकेका ठाउँको सडकमा खाल्डाखुल्डी बन्दा पानी जमेर किनारका घरमा पनि बस्न सक्ने अवस्था छैन भने सडक वरिपरिका घरटहरा धुलाम्मे हुने गरेको स्थानीयवासी बताउँछन् । दोलखा नागरिक समाजका अध्यक्ष चिरञ्जीवी मास्कले भने, ‘यस्तै हुने हो भने आगामी दिनमा जिल्लाका जनप्रतिनिधिलाई जिल्ला प्रवेशमा रोक लगाउन बाध्य हुनेछाैं ।’ सडक नबन्दा सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु, स्थानीयवासीलगायत प्रयोगकर्ताले सास्ती बेहोर्नुपरेको छ । संघीय संरचना अनुसार तीन तहको सरकार क्रियाशील रहे पनि जनताका यस्ता समस्या समाधानमा कसैको ध्यान नपुगेको सडक छेउका बासिन्दाको गुनासो छ । लामो समयदेखि ठेक्का लागेर पनि सडक मर्मत सुधार सम्पन्न नगर्नेलाई कारबाही गरियोस् भन्दै स्थानीयवासीले सदरमुकाम चरिकोटमा नारा जुलुस लगाउँदै बजार परिक्रमा गरेका थिए । आगमी एक हप्ताभित्र सडक मर्मत सुधारको काम अगाडि नबढाएमा थप विरोधका कार्यक्रम गर्नेसमेत चेतावनी समेत दिएका थिए । सडक मर्मत सुधारको काम सुचारु नभएसम्म मुडेमै बसी आन्दोलन गर्नेसमेत अध्यक्ष मास्केले बताए । यसअधिको कार्यतालिका अनुसार जिल्ला प्रशासन कार्यालय, जिल्ला डिभिजन सडक कार्यालय आयोेजनाको कार्यालयमा धर्ना दिने काम यसअघि नै भइसकेको अध्यक्ष मास्केले जानकारी दिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय परिसरमा धर्ना दिने कार्यक्रम तय भएको उनले जानकारी दिए । कार्यक्रमलाई अझै सशक्त र धनीभूत बनाउन ५०१ सदस्यीय सडक संघर्षसमिति गठन गरेको र आगामी दिनमा प्रभावित क्षेत्रका नागरिकलाई यसमा समावेश गर्दै आन्दोलनका सशक्त कार्यक्रम बढाउने उनले जानकारी दिए । भीमेश्वर नगरपालिका–९, ८, ७, ६ र ३ वडामा वडास्तरीय संघर्ष समिति गठन गर्ने अध्यक्ष मास्केले बताए । पटक–पटक भएको सम्झौतालाई बेवास्ता गरेकाले सरकारी गाडीलाई समेत जिल्ला प्रवेशमा रोक लगाउने कार्यक्रम तय भएको उनले जानकारी दिए । २०७२ को मङ्सिरमा दुई वर्षमा काम सक्नेगरी शंकर मालीजेभीले सम्झौता गरेको २७ किलोमिटर सडक मर्मत सुधारको काम हालसम्म पनि समपन्न हुन नसक्दा नागरिक समाजले आन्दोलन गर्न बाध्य भएको बताइएको छ । रासस

मओवादी नेतृ खड्का अस्पताल भर्ना

काठमाडौं : नेकपा माओवादी केन्द्रकी नेतृ तथा पूर्व भौतिक योजना तथा यातायात राज्यमन्त्री देवी खड्का बिरामी परेकी छन्। माओवादी केन्द्रकी दोलखा इञ्चार्ज खड्कालाई टाउको दुखेर एक्कासि बिरामी परेपछि अस्पताल भर्ना गरिएको हो। उनी कोटेश्वरस्थित आफ्नै डेरामा आइतबार साँझ ५ बजे बेहोस भएको उनका भाइ सविन खड्काले जानकारी दि...