रुकुम (पूर्व) मा यहीँ वैशाख २५ गतेबाट मादक पदार्थ सेवन र बिक्री वितरणमा रोक लगाइने भएको छ । स्थानीय तहको चुनावलाई लक्ष गरेर जिल्लाभरी नै २५ गतेदेखि मत परिणाम घोषणा नहुँदासम्म पूर्णरुपमा मादक पदार्थ सेवन एवं बिक्री वितरणमा रोक लगाउने निर्णय आज जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले गरेको हो । बैठकले मतदानका दिन सबै मतदान स्थलमा तोकिएको क्षेत्र भित्र मोबाइल प्रयोग नगर्न र साथमा लिइ नआउन अनुरोध गर्नाका साथै अत्यावश्यक वस्तु एवं सेवाको आपूर्ति व्यवस्था सहज बनाइराख्न पनि भनेकोे छ