भाटभटेनीका सञ्चालक मीनबहादुर सहित तीन जनाको निवेदन 'हेर्न नमिल्ने'

काठमाडौं : ललिता निवास प्रकरणमा मंगलवार पक्राउ परेका तीन अभियुक्तले सर्वोच्च अदालतमा दिएको रिट निवेदनको हेर्न नमिल्नेमा राखिएको छ। न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासमा उनीहरुको पेशी चढे पनि हेर्न नमिल्ने सुचीमा राखिएको हो। अर्थात् आज यस निवेदनमा सुनुवाई हुनेछैन। मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतम सर्वोच्च अदालत पुगेर बन्दी…

सम्बन्धित सामग्री

ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालक गुरुङलाई दुई वर्ष कैद र ८० लाख जरिवाना

विशेष अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई ललित निवास प्रकरणमा दोषी ठहर गरेको छ । विशेष अदालतले उनलाई बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर गर्दै दुई वर्ष कैद र ८० लाख जरिवानाको सजाय सजाय सुनाएको हो । बिहीबार विशेष अदालतका न्यायाधीशत्रय खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उक्त फैसला गरेको हो । त्यस्तै …

ललिता निवास प्रकरणः भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ दोषी ठहर

काठमाडौँ – विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङलाई दोषी ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु न्यायाधीश खुशीप्रसाद थारु, राम बहादुर थापा र रितेन्द्र थापाको इजलासले गुरुङलाई दोषी ठहर गर्दै दुई वर्ष कैद र ८० लाख ४८ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो।

मीनबहादुरको बयान : ललिता निवासको जग्गा किनेको हुँ तर सरकारी भन्ने थाहा थिएन

काठमाडौं- ललिता निवास प्रकरणमा मुछिएका भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले ललितानिवास क्याम्पभित्रको जग्गा भाटभटेनी डेभलपमेन्ट कम्पनीले किनेको तर उक्त जग्गा सरकारी भएको थाहा नभएको बताएका छन्। उनले भाटभटेनी डेभलपमेन्ट कम्पनीले ललितानिवास क्याम्पभित्रको जग्गा किनेको तर उक्त जग्गा सरकारी भएको थाहा नभएको बयान दिएका हुन्। उनले आफू र आफ्नो परिवारका सदस्यका रुपममा समेत जग्गा खरिद गरेको र […]

भाटभटेनीका सञ्चालक गुरुङ पक्राउ

गुरुङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले मंगलबार निवासबाटै पक्राउ गरेको हो ।

इटहरीमा खुल्यो भाटभटेनी सुपरस्टोर

सुनसरीको इटहरीमा भाटभटेनी सुपर स्टोरले नेपालकै सबैभन्दा ठूलो स्टोर सञ्चालनमा ल्याएको छ। शनिबार भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले सुपर स्टोरको उद्घाटन गरेका छन्।

भाटभटेनीका सञ्चालक गुरूङ २ करोड धरौटी बुझाएर रिहा

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी तथा सार्वजनिक जग्गा हिनामिना प्रकरणमा मुच्छिएका भाटभाटेनीका सञ्चालक मीनबहादुर गुरुङ धरौटीमा छुटेका छन् । बालुवाटारस्थित् ११३ रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्न भएको आरोपको मुद्दामा गुरुङसँग बुधबार विशेष अदालतले २ करोड रूपैयाँ धराैटी माग गरेपछि उनले बैंक ग्यारेन्टीमा धरौटी बुझाएर रिहा भएको विशेष अदालतले जानकारी... The post भाटभटेनीका सञ्चालक गुरूङ २ करोड धरौटी बुझाएर रिहा appeared first on Purbeli News.

ललिता निवास प्रकरण : भाटभटेनीका सञ्चालक गुरुङलाई २ करोड धरौटीमा रिहा गर्न आदेश

काठमाडौं: ललिता निवास जग्गा हिनामिना प्रकरणमा मुछिएका भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङलाई विशेष अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय प्रेमबहादुर कार्की र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले गुरुङलाई २ करोड धरौटीमा रिहा गर्न आदेश दिएको हो। आदेशपछि गुरूङ बैँक ग्यारेन्टी जुटाउने प्रयासमा लागेका छन्। अख्तियारले दुरुपयोग अनुसन्धान…