नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेश कमिटीले नेकपा माओवादी केन्द्रका नेता तथा मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने माधव नेपाल समुहका १७ जनालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । प्रदेश अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र रावलले बिहिबार प्रदेश सभाका संसदीय दलका नेता प्रकाशबहादुर शाह सहित १७ जनालाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
२४ घण्टा भित्र चित्त बुझ्दो स्पष्टीकरण नदिइएका नेपालको संविधान र एमालेको विधान अनुसार काबाही गर्ने स्पष्टीकरणमा उल्लेख छ
स्पष्टीकरणमा स्थायी समितिले सरकारको समर्थन फिर्ता लिइसकेको अवस्थामा फेरि मन्त्रीमण्डलमा सामेल हुने , मंगलबार विश्वासको मत दिने काम किन गरको भनेर सोधिएको छ । विश्वासको मत नदिनु भनेर प्रदेश कमिटीले पत्राचार गर्दा पनि किन अस्वीकार गरेको जस्ता प्रश्न स्पष्टीकरणमा उल्लेख गरिएको छ ।