नेपाल टेलिकमले साउन १ देखि लागु गरेको समर अफरमा केही नयाँ अफर थप गरिएको छ । कम्पनीले पहिलेदेखि नै विभिन्न आकर्षक भ्वाइस अफरहरु उपलब्ध गराइरहेकोमा त्यसमा केही नयाँ अफर थप गरेको विज्ञप्तिमार्फत जनाएको छ ।नयाँ अफरका रुपमा जुनसुकै समयमा सबै नेटवर्कमा कल गर्न सकिने अल नेट २० मिनेट भ्वाइस प्याक र १०० मिनेट भ्वाइस प्याक उपलब्ध गराइएको प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । ‘२० मिनेट भ्वाइस प्याक रु. १५ मा उपलब्ध हुन्छ र १ दिनभर (२४ घण्टा) कल गर्न सकिन्छ भने १०० मिनेट भ्वाइस