बिहीबारबाट टर्किस् एयरलाइन्सले सातामा एक दिन उडान शुरु गर्ने

केही देशमा अन्तराष्ट्रिय उडान खुल्ला गर्ने सरकारको निर्णयसँगै टर्किस् एरसलाइन्सले बिहीबारदेखि नेपालमा उडान शुरु गर्ने भएको छ । टर्की, कतार र चीनमा उडान खुल्ला गर्ने निर्णयसँगै टर्किस एअरलाइन्सले बिहीबारदेखि सातामा एउटा उडान गर्ने अनुमती दिईएको नागरिक उड्यन प्राधिकरणका महाप्रवन्धक राजन पोख्रेलले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

टर्किस एयरलाइन्सद्वारा श्रीलंकामा सिधा उडान सुरु

कोलम्बो– टर्किस एयरलाइन्सले एक दशकपछि श्रीलंका र इस्तानबुलबीच सिधा उडान शुरु गरेको छ । विमानस्थल तथा उड्डयन सेवा श्रीलंका लिमिटेडका अध्यक्ष जीए चन्द्रसिरीका अनुसार टर्किस एयरलाइन्सले १० वर्षपछि इस्तानबुल–श्रीलंका यडान सेवा सञ्चालनमा ल्याएको हो । टर्कीको विमान श्रीलंका आइपुगेको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै चन्द्रसिरीले दुई देशबीच सातामा चार वटा उडान हुने जानकारी दिए।  […]

जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलमा सातामा ३ उडान गर्ने, कुवेतको भाडा २८ हजार

काठमाडौं । जजिरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सातामा ३ वटा उडान गर्ने भएको छ । भैरहवामा फागुन २५ गतेदेखि आफ्नो निर्धारित उडानहरू पुनः शुरु गर्ने घोषणा गरेको हो । जजिरा एयरवेजले फागुन २५ गतेदेखि भैरहवाबाट साप्ताहिक (हप्ता) रूपमा ३ वटा उडान गर्नेछ । जजिराले भैरहवाबाट कुवेतको लागि मंगलबार, बिहीबार र शनिवार नेपाली समय अनुसार […]

नेपाल वायुसेवाद्वारा कर्णालीमा उडान थप

सुर्खेत : नेपाल वायुसेवा निगमले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लाका लागि उडान संख्या थपेको छ।नेपाल वायुसेवा क्षेत्रीय केन्द्र नेपालगञ्जका क्षेत्रीय प्रबन्धक किरणमान श्रेष्ठका अनुसार कर्णालीका चार र सुदूरपश्चिमको एक जिल्लामा उडान थपिएको हो। यात्रुको चाप बढ्नु तथा सडक यातायात सहज नभएका कारण उडान थप्नु परेको श्रेष्ठले बताए।हुम्लाको सिमकोटका लागि सातामा दुई उडान हुने गरेकोमा हाल तीन उडान शुरु गरिएको छ। अब आइतवार, सोमवार र मंगलवार उडान हुनेछ। भाडा ९ हजार १७० रुपैयाँ निर्धारण गरिएको छ।

धमाधम उडान विस्तार गर्दै नेपाल एयरलाइन्स, नयाँ दिल्लीमा दैनिक दुई उडान

चैत ३, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कोभिड–१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ ।            महामारीको जोखिम कम भएसँगै सबैजसो क्षेत्र सहज बनेपछि नेपाल एयरलाइन्सले महामारीअघि उडान सेवा दिइरहेका गन्तव्यमा पुनः उडान शुरु गरेको हो । नेपाल एयरलाइन्सले दुई वर्षको अन्तरालपछि भारतको मुम्बई र बैङलोरमा पुनः उडान गर्ने घोषणा गरिसेको छ । निगमले आगामी मार्च २१ देखि बैङ्लोर र मार्च २९ तारिखदेखि मुम्बईमा उडान गर्ने तयारी गरेको छ ।            बैंङ्लोरमा साताको मंगलवार, बिहीवार र शनिवार उडान सञ्चालन हुनेछ भने मुम्बईमा बुधवार, शुक्रवार र आइतवार उडान गरिनेछ ।            नयाँ दिल्लीमा दैनिक दुई उडान            महामारीको असहज अवस्थामा पनि नियमित उडान भइरहेको भारतको नयाँ दिल्ली गन्तव्यमा पनि गत फागुन ३० देखि दैनिक दुई उडान भइरहेको छ । भारतले आफ्ना सबै प्रकारका व्यावसायिक उडान खुला गरेसँगै नेपाल एयरलाइन्सले दिल्लीमा दैनिक दुई उडान गरिरहेको हो ।            जापानको नारितामा साताको दुई उडान            नेपाल एयरलाइन्सले जापानको नारितामा साताको दुई दिन उडान गर्ने गरी आवश्यक तयारी गरिरहेको छ । कोभिड महामारीका कारण उडान स्थगन भएको यो गन्तव्यमा निगमले पुनः उडान सञ्चालन गर्न लागेको हो । निगमले जापानको नारितामा साताको दुई उडान गर्ने निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।            नारिता विमानस्थलमा अप्रिल १ देखि उडान गर्नेगरी तयारी भइरहेको हो । निगमका प्रवक्ता अड्काले कोभिड महामारी पूर्वका सबैजसो गन्तव्यमा पुनः उडान विस्तार गरेर नेपाल एयरलाइन्स उडान सेवामा पूर्ववत लफमा फर्किएको उल्लेख गरिन् । नेपाल एयरलाइन्सले नारितामा अप्रिल १ देखि साताको मंगलवार र शुक्रवार उडान गर्नेगरी नयाँ तालिका सार्वजनिक गरिसकेको छ ।            अहिले नारितामा शुक्रवार मात्र उडान भइरहेको छ । हाल नारितामा साताको एक दिन शुक्रवार मात्रै उडान भइरहेको छ । नेपाल एयरलाइन्सले सात देशका नौ ओटा गन्तव्यमा उडान गर्दै आएको छ ।            बैंककमा पनि साताको दुई उडान            नेपाल एयरलाइन्सले थाइल्याण्डको राजधानी बैंकक गन्तव्यमा पनि साताको दुई उडान सञ्चालन गर्ने भएको छ । यसअघि सातामा एक मात्रै उडान गरिरहेको नेपाल एयरलाइन्सले आगामी चैत ७ देखि सातामा दुई उडान गर्ने तयारी गरेको हो ।  रासस

पोखरा विमानस्थलबाट हुने हवाई सेवा सातवटा ठूला शहरसम्म विस्तार

पोखरा विमानस्थलबाट हुने हवाई सेवा देशका सातवटा ठूला शहरसम्म विस्तार भएको छ । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरालाई सातवटा ठूला शहरमा हवाई सञ्जालमार्फत जोडेको हो । बुद्धले सातौँ शहरको रुपमा शनिवार पोखरा–जनकपुर सिधा हवाई उडान शुरु गरेपछि मधेस प्रदेशसँगको पहुँच सहज भएको छ । बुद्धले साताको तीन दिन पोखरा–जनकपुर रुटमा उडान गर्ने बताएको छ । बुद्धका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले पोखरा–जनकपुर सातामा तीन दिन (शनिवार, सोमवार र बुधवार) उडान गर्ने जानकारी

अब साताको दुईपटक इलाम–काठमाडौँ उडान

इलाम : इलाम नगरपालिका–९ मा निर्माण भएको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आजबाट यती एयरलाइन्सको तारा एयरले नियमित उडान शुरु गरेको छ।तारा एयरको नाइन एन एलओले आजबाट सातामा २ पटक इलामबाट काठमाडौँ उडान भर्ने भएको हो। पहिलो व्यावसायिक उडानमा केही यात्रु र पर्यटन क्षेत्रका संस्थाका प्रमुख लिएर ११ बजे अवतरण भएको तारा एयर २ः२० मा फर्किएको थियो।बिहीबार र आइतबार नियमित उडान गर्ने तारा एयरले जनाएको छ। इलाम नगरपालिकाले प्रत्येक उडानका लागि ११ जना यात्रुको सुनिश्चिता गरेपछि तारा एयरले नियमित उडान शुरु

भैरहवा विमानस्थलमा क्यालिब्रेसन फ्लाइट मंसिर दोस्रो साता

२६ कात्तिक, काठमाडौं । निर्माण शुरु भएको ७ वर्षपछि राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान हुने निश्चित भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरोथाई)ले आगामी २२ नोभेम्बर (६ मंसिर)मा गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेसन उडानका दौरान टोली नेपाल आउने जानकारी गराएको छ । यसअनुसर मंसिर दोस्रो सातामा क्यालिब्रेसन […]

श्रीलंकन एयरलाइन्सले नेपालमा सातामा दुई ओटा उडान गर्ने

भदौ १२, काठमाडौं। श्रीलंकन एयरलाइन्सले नेपालमा पहिलो पटक उडान गर्ने भएको छ । उक्त विमान सेवाले कोलम्बो काठमाडौं दुईतर्फी उडान गर्ने तयारी शुरु गरेको  हो । नियमित उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृति पाएसँगै कम्पनीले आगामी मंगलवारदेखि कोलम्बो काठमाडौं उडान गर्ने बताइएको छ ।  श्रीलंकनले मंगलवार र शनिवार गरी साताको दुई दिन उडान गर्ने छ ।

बिहीबारबाट टर्किस् एयरलाइन्सले सातामा एक दिन उडान शुरु गर्ने

केही देशमा अन्तराष्ट्रिय उडान खुल्ला गर्ने सरकारको निर्णयसँगै टर्किस् एरसलाइन्सले बिहीबारदेखि नेपालमा उडान शुरु गर्ने भएको छ । टर्की, कतार र चीनमा उडान खुल्ला गर्ने निर्णयसँगै टर्किस एअरलाइन्सले बिहीबारदेखि सातामा एउटा उडान गर्ने अनुमती दिईएको नागरिक उड्यन प्राधिकरणका महाप्रवन्धक राजन पोख्रेलले जानकारी दिनुभयो ।

सलाम एयरले काठमाडौंमा दैनिक उडान गर्ने

काठमाडौं । ओमानको वायुसेवा कम्पनी सलाम एयरले काठमाडौंमा दैनिक उडान गर्ने भएको छ । सातामा तीन उडान गरिरहेको कम्पनीले आगामी साताबाट दैनिक उडान विस्तारको घोषण गरेको हो । कम्पनीले एक वर्ष अगाडी नेपालमा उडान शुरु गरेको …